img2
महानगरको १७१ ट्रक फोहोर सिसडोल पुग्यो

लकडाउनको समय बढ्दै जादाँ वातावरणीय हिसाबले चुनौती बनेको फोहोर व्यवस्थापनमा केहि राहत भएको छ । बुधबार काठमाडौैबाट फोहोर संकलन गरेका १७१ ट्रक तथा ट्रिपर नुवाकोटको सिसडोल पुगेका काठमाडौ महानगरपालिकाले जनाएको छ । महानगरका राजेश ज्ञवालीका अनुसार महानगरका जनप्रतिनिधि तथा कर्मचारी एवं वडाबासीको सहयोगमा फोहोर व्यवस्थापन गर्न सफल भएको हो ।

लकडाउनका कारण निजी क्षेत्रले जिम्मा लिएको स्थानमा फोहोर संकलन नहुदाँ समस्या बढेको थियो । विपद्को समयमा फोहोरमैला संकलन तथा व्यवस्थापनको अत्यावश्यक जिम्मेवारी छोडेर जाने निजी संस्थालाई महानगरले कारवाही गर्ने बताईएको छ ।

Give Us Feedback