img2
लकडाउनकै समयमा रौतहटको जंगलबाट काठ बरामद

लकडाउनको समयमा मौका छौप्दै रौतहटको जंगलबाट तस्कर गर्न लागिएको काठ बरामद गरिएको छ । 

रौतहट डिभिजन कार्यलयको टोली, सशस्त्र प्रहरी बल सन्तपुर र वन हेरालुको संयुक्त टोलीले भोलनटार देखि पश्चिम र अरुणवस्ती देखि दक्षिण धनसर खोलाको पू्र्वी किनारको जंगलबाट सालका गोलिया जफत गरिएको जिल्ला वन अधिकृत बिनोद सिंहले जानकारी गराउनुभयो । 

सो क्षेत्रबाट सालका गोलिया थान ३ को ३२।२१ र चिरान थान २५ को ४० क्यू फिट काठ बरामद गरेर रौतहट ल्याईएको सिंहले बताउनुभयो । काठको चोरी पैठारी गर्ने व्यक्ति वा समुहको खोजी भईरहेको समेत जानकारी गराउनुभयो । 

Give Us Feedback