
नझुक्किनुहोस् । यो काठमाडौंकै धोबीखोला हो
माथिको चित्र हेर्दा आनन्द नआउने कसलाई पो होला र ?
यो काठमाडौंमै बग्ने धोबीखोला नदीको दुईतर्फी किनारको मनोरम दृश्य हो । सरकारले कोरोनाको कारण लकडाउन भएसगैँ जथाभावी फोहोर फाल्ने काम रोकिएको, बैशाखको महिना नयाँ पालुवा र वर्षातले यो दृश्य सम्भव भएको हो । नदीको पानीलाई बेवास्ता गर्ने हो भने नदी किनार विकसित देशका नदी भन्दा कम छैन ।
नागरिकको सचेतना विकास भई व्यवहारमा सुधार आएमा नदीलाई यही स्वरुपमा फर्काउन समय नलाग्ने वातावरणविद्ले बताएका छन् ।
तस्बिर सौजन्यः नरेन्द्र सापकोटा