img2
लकडाउनको समयमापनि गढीमाई नगरपालिकामा वृक्षरोपण जारी 

लकडाउनको समयमा वातावरण संरक्षण तथा नगर सुन्दरता कायम गर्न सामाजिक दुरी कायम गर्दै बाराको गढीमाई नगरपालिकामा वृक्षरोसण गरिएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत महागढीमाई नगरपालिका र जिल्ला वन कार्यालय बाराको संयुकत्व आयोजनमा वडा नं १ स्थित    पसाहा पूल देखि वाजेपट्टी सम्मको करिब ८ किलोमिटर क्षेत्रममा वृक्षारोपण शुरु गरिएको नगर प्रमुख उपेन्द्र यादवले बताउनुभयो । 

उहाँका अनुसार स्थानीयको सहयोगमा विभिन्न प्रजातिका बिरुवा रोप्न लागिएको हो ।  

नगर प्रमुख यादवले वातावरण तथा मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव गर्ने भएकाले वृक्षरोपणको कार्य शुरु गरिएको र ती बिरुवा हुर्काउन सबै स्थानीय नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । 

सडक किनारामा हरियाली कायम गर्ने विभिन्न स्थानमा वृक्षरोपणको कामलाई नगरपालिकाले प्राथमिकता दिएको छ । 
 

Give Us Feedback