img2
महिनावारी स्वच्छता तथा प्रजनन् स्वास्थ्यका विषयमा वेबिनार संचालन हुने

मे २८ मा हुने महिनावारी स्वच्छता दिवसको पूर्व सन्ध्यामा महिनावारीका विषयमा वेबिनार संचालन गरिने भएको छ । 

गैर सरकारी संस्था गुथिले २०७७ जेठ १३ गते आयोजना गर्ने सो कार्यक्रममा  वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सपना अमात्य वैद्यले महिनावारीका, यसको समय गरिने सरसफाइ र महिलाको स्वास्थ्यमा पार्ने प्रभावका विषयमा जानकारी गराउने योजना तय भएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो । 

उहाँका अनुसार अझैपनि धेरै नेपाली समाजमा महिनावारीका मुद्दामा खुलेर छलफल गर्ने बानीको विकास नभएकाले यसमा सबैको सक्रियता र सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा महिनावारी स्वच्छता, सरसफाइ र स्वास्थ्यमा पार्ने असरका विषयमा सहभागीले आफ्ना प्रश्न वा जिज्ञासा राख्न सकिने बताईएको छ । 

Give Us Feedback