img2
अभियन्ताको मन शनिबार घर बस्न मान्दैन 

करिब ७ वर्षदेखि बाग्मती नदी, सहायक नदी तथा सार्वजनिक स्थलको सफाईमा प्रत्येक हप्ताको शनिबार बिहान २ घण्टा सफाइमा सक्रिय अभियन्तालाई कोरोनाले सकस थपेको छ । कोरोनाको कारण लकडाउन भएकाले सबैलाई घरभित्र बस्न बाध्यात्मक परिस्थिती सृजना भएको छ । 

सरसफाइलाई साकेंतिक रुपमा अघि बढाउन अअिभयन्ताले आ आफ्ना घर छेउमा सामाजिक दुरी कायम गर्दै सफाइलाई निरन्तरता दिएको अभियन्ता डा. लक्ष्मी पौडेलले जानकारी गराउनुभयो । उहाँका अनुसार सरसफाइ कामभज्दापनि व्यवहार भएकाले यसलाई छुटाउन असम्भव रहेको र धेरै अभियन्तालाई बाग्मती नदीमै गएर सफाइ गर्ने लत लागेको समेत जानकारी गराउनुभयो ।

शनिबार बाग्मती नदी किनार, सडक किनार तथा सार्वजनिक स्थलमा सफाइ गरेको समेत जानकारी गराउनुभयो । 
 

शनिबार विहानको समय बाग्मती सफाइ अभियानकै लागि छुट्याएको भएर अन्य काममा मन नजाने अभियन्ता माला खरेलले जानकारी गराउनुभयो । शनिवार दुई चार जना साथीसगँ मिलेर माक्स पञ्जा लगाएर देखिएका ठोस फोहोर संकलन गरेर डस्टविनमा राखेको बताउनुभयो । 

यसैगरी विभिन्न स्थानमा सरसफाइका कामले निरन्तरता पाईरहेका छन् । लकडाउन खुकुलो भएसगैँ सामाजिक दुरी तय गर्दै सफाइमा लाग्ने अभियन्ताले बताएका छन् । 

 

Give Us Feedback