img2
लौ ! कप वा कचौरा चुक्किदैमा फाल्नुपर्छ र ?

हामीले दैनिक रुपमा प्रयोग गर्ने कप तथा कचौरा कहिलेकाहि असावधानीका कारण खस्ने गर्छन । त्यस्ता सामान खसेर चुक्किदैमा फाल्नु पर्छ भन्ने छैन । धेरैजस्तो सिरामिक तथा सिसाका सामानलाई गमालाका रुपमा प्रयोग गरेर फूल रोप्न सकिन्छ । स साना कप तथा बोतललाई रंग रोगन गरे पुनः प्रयोग गर्दा फोहोर व्यवस्गथापनमा सहयोग पुग्ने वातावरण अभियन्ता योगेश शाक्यले बताउनुभयो । उहाँका अनुसार त्यस्ता सामाग्रीलाई घरभित्र वा बाहिर प्रयोग गर्दा फोहोर उत्पादनमा  कमी हुने बताईएको छ । 

लकडाउनको समयमा धेरै नागरिक घरभित्र बस्दै प्लास्टिकक तथा सिसाका बोतल तथा अन्य सामाग्रीलाई विभिन्न स्वरुपमा परिवर्तन गर्न सके सजावटका दृष्टिकोणले आकर्षक र वातावरणीय हिसावले फोहोर व्यवस्थापनमा ठूलो योगदान पुग्ने देखिएको छ । प्रत्येक व्यक्तिले आ  आफ्नो घरमा सानोस्तरमा काम गर्दापनि ठूलो सहयोग पुग्ने शाक्यले बताउनुभयो । 

घरबाट निस्कने नकुहिने फोहोरको पुनः प्रयोगमा सबैले सहकार्य गर्दै वातावरणमैत्री व्यवहार अवलम्बन गरौँ । 

Give Us Feedback