img2
कहिले सुध्रने हामी ? फोहोर व्यवस्थापनको बेहाल अवस्था 

फोहोरमैलाको उचित व्यवस्थापनमा नागरिकलाई सरकारी, गैर सरकारी संस्था तथा जिम्मेवार निकायले सिकाएको छ । फोहोरको स्रोतमै वर्गिकरण, कुहिने फोहोरलाई मलको रुपमा व्यवस्थापन गर्नुुपर्ने तथा नकुहिने फोहोरलाई स्रोतको रुपमा परिणत गर्नुपर्ने शैद्धान्तिक विषयमा सबैलाई ज्ञान रहेको छ । 

काठमाडौ महानगरपालिकाको सानो भ¥याङ्ग क्षेत्रमा फोहोर व्यवस्थापनका लागि लोड अनलोड भईरहेको दृश्यलृ धेरैलाई चिन्तित बनाएको छ । फोहोरमैलाको स्रोतमा वर्गिकरण गर्ने न्युनतम व्यवस्थापनि लागु गरिएको छैन । फोहोरको थुप्रोमा प्लास्टिक, कागज, कपडा फलाम, प्रयोग भएका डाईपर, प्याड, खेर गएका खानेकुरा, प्लास्टिकका बोतल, सिसा लगायतका सामाग्री देखिएको छ । स्थानीय सरकारले फोहोर संकलन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गर्ने र निजी क्षेत्रले मासिक रुपमा शल्क लिएर व्यवस्थापन गर्ने प्रक्रिया चलिरहेको छ । 

फोहोर व्यवस्थापन के कसरी भईरहेको विषयमा  जानकारी समेत स्थानीय सरकारका जनप्रतिनिधिले लिएको भेटिदैन । सामाजिक संजालमा अत्यन्त  सचेत पूस्ता फोहोरमैला व्यवस्थापनको सामान्य काम गर्नपपिन असक्षम देखिएको छ । 

एकाध रुपमा फोहोरलाई स्रोतको रुपमा परिणत गर्ने व्यक्ति तथा संस्था समेत नीतिगत अभाव र आर्थिक संकटले अपेक्षा अनुरुपको काम गर्न सकेका छैनन् । फोहोरमैला व्यवस्थापनका नाममा सडक किनारामा लोड अनलोड गर्ने कामले सबैलाई चिन्तित बनाएको छ । 

फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम भईरहेको अवस्थामापनि पूरानै शैली र सोचले फोहोरलाई झन् भद्रगोल किन बनाईएको छ भन्ने प्रश्न अझै अनुत्तरित बनेको छ । 

Give Us Feedback