img2
विश्व वातावरण दिवसः सुरक्षित भविष्यका लागि जैविक विविधता 

विश्व वातावरण दिवस २०७७ मा सुरक्षित भविष्यका लागि जैविक विविधतालाई आधार मानिएको छ । मानविय क्रियाकलाप  विभिन्न समयमा भएका प्राकृतिक प्रकोपले पारिस्थितक प्रणाली सन्तुलनमा महत्वपूर्ण भूमिका राख्ने जैविक विविधताको संरक्षणमा सबैको ध्यान जानुपर्ने देखिएको छ । 

कोभिडका कारण औपचारिक कार्यक्रम गर्न असम्भव प्राय देखिएपछि सरकार तथा क्रियाशिल संघ संस्थाले वातावरणका बहुआयामिक विषयमा वेबिनार मार्फत बहस पैरवी गरिरहेका छन् । नेपालका वातावरण ऐन कानुन र कार्यन्वयनको अवस्था, जलवायु परिवर्तनको प्रभाव, निजगढ विमानस्थलको आवश्यकता लगायतका विषयमा छलफल गरिएको छ । 

वातावरणका भएका विनाशले  निम्त्याएका समस्या न्युनीकरण तथा वातावरणमैत्री विकासमा समाजका सबै तत्वको जीम्मेवारीबोध र सहकार्य आवश्यक रहेको छ । वातावरण तथा प्रकृति संरक्षणमा व्यवहारतह प्रतिवद्ध बनौँ । 

Give Us Feedback