img2
पहिरोका कारण मुग्लिन नारायणघाट सडक अवरुद्ध

 नारायणगढ–मुग्लिन सडक खण्डको काली खोलामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।  आज विहान करिब ४ः३० र ६ बजे गरि २ पटक आएको पहिरोको कारणले यो सडक खण्डमा आवगमन रोकिएको सडक विभागका महानिर्देशक केशव प्रसाद शर्माले जानकारी गराउनुभयो ।  

उहाँका अनुसार दुवै तर्फबाट पहिरो हटाउन लोडर खटाइ सकिएको र  थप पहिरो नआएमा १० बजे सम्म यातायात सुचारु हुने गरि कार्य भईरहेको बताउनुभयो । 

तस्बिरः केशव प्रसाद शर्मा 

Give Us Feedback