img2
मनले प्रण गरेँ, सामाजिक परिवर्तनको एक आयाम बन्छु

                                              सन्दर्भ : विश्व वातावरण दिवस  

- स्मृति काफ्ले 
म  उमेरको अंकमा भन्दा अनुभवमा विश्वास गछुं । म बल्ल युवा अवस्था टेक्दै छु । बाल्यकाल देखिनै परिवारबाट असल शिक्षा र संस्कार प्राप्त भयो ।  उमेर सँगसँगै सामाजिक चेतना पनि बिस्तारै बढ्यो । मैले वयस्क अवस्थामा नै एक प्रण गरेँ । सामाजिक परिवर्तनको एक आयाम अवश्य बन्नेछु । मेरो परिवर्तनको यात्रामा सहयात्री बन्यो, पहिलो पाइला नेपाल । 

युवा राष्ट्रको असल सामर्थ्य हुन् । जसले परिवर्तनमा ठूलो संघर्ष गर्न सक्ने क्षमता राख्दछन् । युवा मैत्री स्थानीय निकाय निर्माण को परिकल्पना सहित स्थापित पहिलो पाइला नेपालको म एक हिस्सा बन्न पाउदा गौरव लाग्छ, सम्झदा खुसी हुन्छु र मेरो जिम्मेवारीले थप गम्भिर बनाउँछ  । कहिले बाग्मती नदी सफाइ अभियान त कहिले रुद्रमती वा विभिन्न सार्वजनिक स्थलको सरसफाइ अभियानमा साथीहरूको सक्रियताले हामीलाई उत्प्रेरणा मिलेको थियो । 

पहिलो पाईला मार्फत फोहोरको विकल्प गमला अभियान संचालन भएको थाहा पाउँदा यसको हिस्सा बनेर अगाडि बढ्न थप उत्सुकता जागेको थियो । हामीले राखेको गमला केही खराव सोचका मानिसले फुटाएपनि हाम्रो आत्मबल टुटेको छैन झन् बढेको छ ।

पोखरामा संचालित फेवाताल सरसफाइ अभियानले हाम्रो उत्सुकता लाई तानेर स्याङ्जा जिल्लामा  सफाइ अभियान संचालन गर्न हामीलाई बाटो देखायो । जसको फलस्वरूप २०७६ फाल्गुन १७ गते भालुपहाड सरसफाइ अभियानको नेतृत्व गर्ने अवसर मिल्यो । 

सयुक्त राष्ट्र संघले तय गरेको वातावरण दिवस हरेक वर्ष जुन ५ मा  विभिन्न कार्यक्रम मार्फत मनाउने गरिएको छ । यस वर्ष सुरक्षित भविष्यका लागि जैविक विविधतालाई विशेष महत्व दिईएको अवस्थामा हामीले एक दिन मात्र कार्यक्रम मनाएर त्यसको औचित्य पूरा नहुन सक्छ । अन्य दिन वातावरण को वास्ता नगर्ने हरु पनि यो दिन कुटो कोदालो समाइ, विरुवा रोप्ने त कोहि वरपरका वातावरण सफा गर्दै सामाजिक संजालभर आफ्ना तस्बिर राख्ने गर्दछन् ।  

अहिले विश्वव्यापी  महामारीको रुपमा फैलिएको कोराना भाइरस  को चपेटामा वातावरणीय जोखिम बढेका छन् ।  कोराना रोकथामका लागि नेपाल सरकारद्वारा लागु गरिएको लकडाउनको हामी सबैले आ आफ्नो घर परिवारसगँ  बसेर पालना गर्दै छौं । जसकारण स्वभाविक रुपमा हामीले समुदायमा गरिने वातावरण प्रदूषणका क्रियाकलापहरु घटेका छ्न । 

वातावरण संरक्षण नारा वा कार्यक्रम मात्र होईनन् यो त हामी सबै सचेत नागरिकको व्यवहार, कर्तव्य र  दायित्व हो । 

विश्व वातावरण दिवस २०२० को अवसर पारेर पहिलो पाईला नेपालले थप एक जिम्मेवारी शिरोपर गरेका छ ।  एउटा विरुवा, अब मेरो जिम्मेवारी ू अभियान सुचारु गरि हामी हाम्रो वरपरको वातावरण सफा र सुन्दर राख्न तयार छौँ । अन्त्यमा संख्यात्मक रुपमा रोपनिे रुखले वातावरण तथा वायु शुद्धिकरणमा पार्ने गुणात्मक प्रभावको लेखाजोखा गर्नुपर्दछ । 

समस्त युवा वर्गको सोच, शक्ति र कर्मलाई वातावरणमैत्री बनाउदै आ आफ्नो क्षेत्रमा वृक्षरोपण गरेर बिरुवा हुर्काउने अभियान संचालन गर्न सके पर्यावरण सन्तुलनमा योगदान पुग्नेछ , तसर्थ यो साझा अभियानमा भौतिक दुरी कायम गर्दै सहभागी बनौँ । 

पहिलो पाईला नेपाल ती हुर्किएका बिरुवा हेर्न आतुर छ । वातावरण नारामा होईन कर्मले जोगाउने प्रयास गरौँ । 

लेखक पहिलो पाईला नेपालको स्याङ्जा शाखा संयोजक हुनुहुन्छ । 

Give Us Feedback