img2
नदी संरक्षण गर्न वृक्षारोपण गरियो 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  प्रमुख अतिथि तथा राष्ट्रिय सभा सदस्य कोमल ओलीले वाग्मती सभ्यताको संरक्षण गर्नुपर्नेमा जोडदिनु हुँदै यसको निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले लक्ष्य अनुरुपको काम सम्पन्न गर्न आफ्नो रचनात्मक भूमिका रहने जानकारी गराउनुभयो । 

वाग्मती सफाइमा निरन्तर रुपमा सक्रिय अभियन्ताको योगदानले नदीको स्वरुप परिवर्तन  गरेको बताउनुभयो । वातावरण संरक्षण गर्ने उद्देश्यले गरिएकोे वृक्षरोपणले हावा तथा अन्य वातावरणीय तत्वको शुद्धिकरणमा सहयोग गरेको छ । कार्यक्रमका विशेष अतिथि सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बाग्मती लगायत अन्य नदी संरक्षणमा सरकारको चासो रहेकाले यसतर्फ सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो  । 

कार्यक्रममा  स्वागत मन्तव्य राख्नुहँदै आयोजना प्रमुख लिला प्रसाद ढकालले आयोजनाले सम्पन्न गरेका कार्यक्रम र भावी कार्यक्रमबारे जानकारी गराउनुभएको हो । 

समितिका कार्यकारी अध्यक्ष नरेन्द्र राज बस्नेतले नदी संरक्षणका विभिन्न अभियानमा सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।  कार्यक्रमका समितिका बोर्ड सदस्य, अभियन्ता र कार्यालयका कर्मचारीले समेत विभिन्न प्रजातिका  २००  विरुवा रोपेका थिए । कार्यक्रममा कोभिड १९ को महामारीको जोखिमलाई मध्यनजर गरी समाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बाग्मती नदी किनारामा उपयुक्त हुने विभिन्न प्रजातिका  २०० वटा विरुवाहरु रोपिएको थियो । 
 

Give Us Feedback