img2
जैविक विविधताको महत्व बुझाउन वेबिनार र फोटो प्रतियोगीता सम्पन

वातावरणमा जैविक विविधताको महत्व बुझाउन त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागको भूतपुर्व विद्यार्थीहरुको संगठन CDES Alumni ले वेबिनार र फोटो प्रतियोगीता सम्पन्न भएको छ । 

वातावरण दिवसको अवसरमा दुइटा सत्रमा संचालित कार्यक्रममा पहिलो सत्रमा ३ जना भूतपुर्व बिद्यार्थी र हाल जैविक विविधताको क्षेत्रमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोषका बिनोद श्रेष्ठ, नेपाल वातावरण अनुसन्धान सस्थानका बद्री बराल र ग्रीनहूड नेपालका रेशु बस्यालले कोभिडका कारण  वन्यजन्तु संरक्षणमा परिरहेको प्रभावबारे आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  

 सो सत्रलाई मनोज न्यौपानेले सहजीकरण गर्दै वातावरण र जैविक विविधताको क्षेत्रमा सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । 

जैविक विविधताको महत्वका विषयमा आयोजित फोटो प्रतियोगितामा  ७५ जनाको सहभागिता रहेको थियो । वातावरण विज्ञान अध्ययन गरेका विद्यार्थीले सहभागिता जनाएका थिए । 

सो प्रतियोगितामा   जीवन राई प्रथम, रेगन सापकोटा द्धितीय र बिनोद पराजुलि तृतीय स्थान हासिल गर्न सफल भएका थिए । सामाजिक संजालमा धेरै लाईकका आधारमा भूमिका थापाले पब्लिक च्वईस प्राप्त गर्नु भएको थियो । प्राप्त भएका फोटोको  निर्णायकको भूमिकामा  नरेस खुसी, रशिला देशहर र नबिन बरालले गर्नुभएको थियो । 

अन्जु पोखरेलले संचालनमा सम्पन कार्यकम वरिष्ठ वातावरणविद् प्रा. डा. मदन कोइरालाले आफ्ना बिद्यार्थीको वातावरणप्रतिको सचेतना देखेर खुसी भएको आगामी दिनमापनि वातावरण संरक्षणको काममा लाग्न आग्रह गर्नुभयो । एलमुनाईका अध्यक्ष केशब जोशीले वातावरण दिवसमा मात्र नभई वर्षभर वातावरण संरक्षणमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । 

Give Us Feedback