img2
कोभिड—१९, फोहोरमैला व्यवस्थापनको चुनौति र सम्भावना 

मनोज न्यौपाने
 त्रिचन्द्र बहुमुखी क्याम्पस, वातावरण विभाग


विश्व कोरोना महामारीबाट आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको आंकडाले १ करोड पार गरेको छ । विश्वभर ५ लाखभन्दा बढी मानिसले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् । कोभिड—१९ भनिने यो भाइरसको स्रोत के हो भन्ने कुरा अहिले सम्म प्रष्ट नभए पनि मानिविय गतिविधी नै कोरोनाको कारण हुनसक्ने आशंका गरिएको छ । जंगली पंक्षि तथा जनावरबाट यो भाइरस सरेको हुनसक्ने वैज्ञानिकहरुको आशंका छ । तर ठोस कारण पत्ता नलागेसम्म यसै भन्न सकिने अवस्था छैन् । जे होस् चिनको वुहानबाट सुरु भएको ठानिएको यो भाइरसले विश्वका प्राय सबै देशमा प्रभाव जमाइसकेको छ । 

यस परिपेक्षमा,  यो भाइरसले, मानविय स्वास्थ्यलाई एउटा ठुलो अनिश्चयको बाटोमा धकेलेको छ ।  त्यतिमात्रै होइन् विश्व अर्थतन्त्रमा नराम्रो धक्का पु¥याएको कोभिड  १९ ले जुनसुकै पेशा र व्यवसायमा मानिसको कार्यशैली परिर्वतन हुनुपर्ने पाठ सिकाएको विश्लेषण हुन थालेको छ । त्यस्तै फोहरमैला व्यवस्थापन र यस क्षेत्रमा खटिने मजदुरको व्यक्तिगत सुरक्षाको सवाल झनै टड्कारो र आम सरोकारको विषय बन्दै गएको छ ।

फोहर व्यवस्थापन आफैमा चुनौतीको बिषय हो भने यससंग प्रतक्ष्य काम गर्ने सबै जोखिममा नै रहेका हुन्छन् । फोहरको सम्पर्कको कारणले श्वासप्रश्वास, छाला सम्बधि रोगका साथै चोटपटक र हाताहात हुने धेरै घटनाहरु पाउन सकिन्छ । फोहोरसंगको सिधा सम्पर्कबाट छाला तथा रगतमा संक्रमण हुने, संक्रमित हावाको कारणले आखा तथा श्वासप्रश्वासमा समस्या आउने, फोहोरको वरिपरी हुने वा पाइने किरा तथा जनावरहरुको टोकाईबाट विभिन्न रोगहरु लाग्नुका साथै हातका माध्यमबाट पेट जन्य रोगका किटाणु सर्न सक्दछ (युनइप, १९९६) । नेपालमा अझैँ पनि फोहरको बर्गिकरण नगरी फोहर संकलन हुने हुदाँ फोहरसंगै आउने सिसा, धारिलो वस्तुले काट्नु त सामान्य घटना नै भैसकेको छ । यस्तो अवस्थापनि सुरक्षाका सावाधानी अपनाएको कम नै देखिन्छ ।

सन् १९१९ मा काठमाडौँ महानगरको अंगको  “ सरसफाई कार्यालय” स्थापनासंगै (वातावरणीय लेखापरीक्षण काठमाडौँ महानगरपालिका, २०१५) नेपालमा पहिलोपटक सरकारीस्तरबाट फोहर संकलनको काम सुरु भएसंगै संकलनको लागि कर्मचारीहरुको नियुक्ति संगै सरफाई कर्मचारीको पनि प्रवेश भयो ।  डाँगी एंड जोन्स (२००६) र प्रिज्म (२०१४) लाई आधार मान्ने हो भने काठमाडौँ उपत्यकामा ७००० – १५००० जना अनौपचारिक रुपमा फोहर संकलन र व्यवस्थापनमा संलग्न छन् ।  औपचारिक रुपमा नगरपालिकासंग कुनै न कुनै रुपमा आबद्ध भइ यो काम गरिरहेकाको तथ्यांक जोड्ने हो भने सो संख्या अझ बढ्न जान्छ  ।  हिमालय क्लाइमेट इनिसियटिभ (२०१४)को रिपोर्टलाई मात्र आधार मान्ने हो भने १५,५३९ जनाको मुख्य आय नै फोहर संकलन र व्यवस्थापनसंग जोडिएको छ । यत्रो ठुलो जनसंख्या जोखिम मोलेरै पेशागत सुरक्षा विनै काम गरिहेको छ । त्यसका कारण निम्नानुसार हुनसक्छन् । 
 
१    फोहोर संकलनमा संलग्न कर्मचारीको व्यक्तिगत योग्यता र ज्ञान  
बिगतको नेपाल र विश्वको ईतिहास हेर्ने हो भने यसमा संग्लन कामदारहरु त्यस स्थानका पिछडिएका जात जातिको बाहुल्यता रहेको पाइन्छ । ग्रामीण क्षेत्रका क्रिश्चियन र काइरो – इजिप्ट, अफगानी सरणार्थी र कराची – पाकिस्तान, रोम्नि समुदाय र पुर्वी युरोपको फोहर संकलनमा संग्लनता (युन ह्याबिट्याट, २०१०)  र काठमाडौँमा पोडे र बोचे समुदायको संग्लनताले पनि सोहि कुरालाई प्रस्ट पार्दछ ।  समयको परिवर्तन संगै एउटा समुदाय भन्दा पनि सहर छिर्ने बित्तिकैको सजिलो पेशाको रुपमा पनि यो परिवर्तन भएको छ। योग्यता, शिक्षा, अनुभव कुनैपनि पनि कुराको आवश्यकता नहुने हुनाले अत्यन्तै गरिब, अशिक्षित र ग्रामिण क्षेत्रबाट सहर छिर्नेहरुको लागि प्रमुख पेशा भएको छ ।

यसरी काम सुरु गर्नेहरुको पहिलो मुख्य उदेश्य नै काम र पैसा हुने गर्दछ्र संगै सबैमा फोहरसंग काम गर्दै गर्दा खतराहरुको बारेमा ज्ञानको कमि पनि रहेको हुन्छ्र हुनेलाई पनि सधै मास्क, पन्जा, जुत्ता लगायत खर्च महँगो पर्ने हुदा लगाउने हेक्का पनि राख्दैनन् । अर्को, काम गर्दा गर्दै चुरोट, सुर्ति खाई रहने बानि गर्दा मास्क र पन्जाको प्रयोग गरिसकेपछि सो वस्तुहरुको सेवन गर्दा गर्दा खोलिरहनु पर्ने हुनाले प्रयोग गर्न कम रुचाउने गर्दछन । लगाएरै काम गर्ने बानीको बिकाश पनि हुदैन्र सामान्य चोटपटक चाडै नै निको हुने तर त्यसले सरिरमा परेको प्रभाव देखिन निकै समय लाग्ने हुदाँ पनि उनीहरुमा हामीलाई केहि हुदैन भएपनि सन्चो हुन्छ भन्ने सोचको विकास भएको पाइन्छ ।

 सफाई कर्मचारी, संग्लनसंस्था र सुरक्षा समन्यवमा कमि
काठमाडौँकै कुरा गर्ने हो फोहर संकलन गर्ने संस्थाहरुको छाता संगठन स्वमानमा हाल ५६ वटा आबद्ध छन् भने सो भन्दा बाहिर पनि अरु सस्थाहरु रहेका छन् । उक्त संगठनले गएको चैत्रमा मात्र “कार्यसंचालन, अनुगमन तथा मुल्यांकन सम्बधि निर्देशिका, २०७६” जारी गर्दै सुरक्षाका लागि मास्क, पन्जा, पोशाकको व्यवस्था गर्नुपर्ने नियम बनाएकको छ । उक्त निर्देशिका आउनु भन्दा अघि पनि नेप्सेम्याक, परिवर्तन, ब्लु वेस्ट टु भ्यालु लगयात केहि अन्य संस्थाहरुले कर्मचारीहरुलाई पेशागत सुरक्षा तथा स्वास्थ्य सम्बधि अभिमुखिकरण गर्नुका साथै सामग्री प्रयोग गर्न प्रेरित गरेको पाइन्छ्र तर धेरै संस्थाहरुको हकमा भने यस्तो कार्यको सुरुवातको कमि रहेको पाइन्छ । संस्थाहरुले जोडबल नदिनुमा एक त सो रकमको आर्थिक भार थपिने हुदाँ मतलब नगरेको पाइन्छ भने अर्कोतिर जोडबल गर्दा उनीहरुहरुको उपस्थितिमा मात्र कर्मचारीहरुले लगाउने पनि गर्दछन् ।

अहिलेको अवस्थामा बैदेशिक रोजगारी र अन्य पेशामा सम्मानजनक व्यवहार र कमाई पनि राम्रो हुने हुनाले सरसफाईमा श्रमिकको अभाव देखा पर्न थालेकोले कतिपय अवस्थामा संस्थाले प्रयोगमा कडाई गर्न नसक्ने अवस्था पनि छ्र कतिपय अवस्थामा भने एक संस्थाबाट निकालिएका कर्मचारी अर्को संस्थामा सजिलै काम पाई हाल्ने र सबैले समान रुपमा पेशागत स्वास्थ्य र सुरक्षाको हकमा कडापन नगर्दा कर्मचारीहरुमा सो बानीको विकास नहुन गएको देखिन्छ।  त्यस्तैगरी, मास्क, पन्जाको माग गर्दा आफ्नो पारिश्रमिकबाट काटिने डरबाट पनि कति श्रमिकको हकमा संस्थासंग सो व्यवस्था लागि आग्रह गर्न ग्राहो मानेको अवस्था पनि देखिन्छ ।  अनौपचारिक श्रमिकको हकमा त संस्थाको कुरै आउने भएन । उनीहरुको लागि बेलाबेलामा अन्य गैर सरकारी संस्थाहरुले सहयोग गर्ने गरे पनि दिर्घकालिन रुपमा उनीहरु संगठित हुने संस्था नहुनु र सधैं थपिने नया श्रमिकको कारणले गर्दा पनि समेट्न सक्ने अवस्था छैन । 

फोहर आफैमा काम नलाग्ने वस्तु हुने र यसलाई संकलन गर्न आउने व्यक्तिहरु पनि उस्तै हुने धेरै जसो आम मानिसको बुझाई रहेको पाइन्छ्र । अझैपनि फोहोर संकलन तथा व्यवस्थापनमा खटिने मानिसलाई हेयको दृष्टिकोणले हेर्ने गरेका पाइन्छ । फोहर संकलकलाई गालि गर्ने अनि उनीहरु प्रति तुच्छ व्यवहार गर्ने गरेको समाचार पनि सार्वजनिक भइरेका छन्  ।

केही नगरपालिकाका कर्मचारी बाहेक अरुको हकमा स्थाई स्थानको अभावमा पुल मुनि, खोलाका बगर, बाटोको किनार नै फोहर संकलन सुरु हुने, बर्गिकरण हुने स्थानहरु हुन् ।  अस्थाई स्थान हुने हुनाले त्यस्ता स्थानहरुमा पोसाक बदल्ने, सरसफाईको लागि पानीका साथै शौचालयको व्यवस्था पनि हुदैन ्र  यस्तै गरेर नेपालमा हाल फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा फोहरमैला व्यवस्थापन नियम २०७० नियम विद्यमान तर यी कानुनहरु भित्र फोहरमैला संकलन संग मिल्ने पेशागत स्वास्थ्य तथा सुरक्षाको व्यवस्थाको बारेमा एकदमै कम उलेख्य रहेको छ ।  पेशागत स्वास्थ्य र सुरक्षाको सम्बन्धमा श्रम ऐन, २०४८को परिच्छेद ५ मा केहि प्रावधान भएपनि सो प्रावधानहरु औधोधिक क्षेत्रमा मात्र लागु तथा नियमन भएको पाइन्छ भने सरसफाईको हकमा सो लागु तथा नियमन एकदमै कम भएको पाइन्छ । फोहर आफैमा जटिल भएको हुदा यसको यससंग सम्बन्धित स्वास्थ्य तथा सुरक्षाको लागि छुट्टै नियम, कानुन वा निर्देशिका र त्यसको नियमित नियमन हुन जरुरी छ । कीर्तिपुर नगपालिकाको हकमा भने एउटा फोहरमैला संकलनको लागि मात्र पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धि निर्देशिका वर्ल्ड भिजन नेपाल र असल छिमेकी नेपालको सहयोगमा बनेको छ तर नगरसभाबाट पारित भएर लागु हुन बाकी रहेको छ । 

विश्व आकाशमा मडारिरहेको कोभिडको बादल र सरसफाइ क्षेत्रमा चाँदीको घेरा 
कोरोना महामारीको बेलामा सरकारले जारी गरेको अत्यावश्यक सेवामा परेको सरसफाईको कामको लागि यससंग सम्बन्धित श्रमिकको लागि मास्क र पन्जाको अभाव भयो, पाएनन्, बिना सुरक्षा काम गर्दै, भन्ने समाचारहरु विभिन्न संचार माध्यमबाट जोडतोडले प्रकाशित भयो । सो भन्दा अघि फोहर संकलन र पेशागत स्वास्थ्य र सुरक्षाको बारेमा रहेर यति धेरै समाचारहरु प्रकाशित भएको पाइदैन केहि छिटफुट रुपमा पेशागत स्वास्थ्य र सुरक्षाको व्यवस्था नभएकै भने होइनन् ।  असंगठित फोहर संकलकको लागि प्रिस्म परियोजना मार्फत सन् २०१४ तिर , कीर्तिपुर नगरपालिकामा बिगत ३ बर्ष देखि वर्ल्ड भिजन नेपालको सहयोग मार्फत असल छिमेकी नेपालले सहयोग पनि गरेको थियो । हाल आएर कोकोकोलाको सहयोगमा क्रियसन नेपाल र गुठिले पनि पेशागत सुरक्षाका सामग्री पनि हस्थान्तरण गरेको पनि छ्र पहिलो तुलानामा हाल यसको प्रयोग पनि भएको छ ।

यस्तो सुधारहुनु मा मुख्य कारण भनेको कोरोनाले देखाएको डरले मुख्य काम गरेको छ ।  सरसफाई कर्मचारीहरु आफै पनि रोग लाग्ला की भन्ने डर त्यस्तै गरेर समुदायमा पनि रोग सर्न सक्दछ भनेर मास्क, पन्जाको प्रयोग नगरी काम गर्न नदिने गर्नाले यस्तो बढोत्तरी भएको हो ।  प्रयोग हुनु राम्रो भएपनि दिगो रुपमा प्रयोग होला भन्नेमा शंका छ  । तर जे भएपनि सरसफाई कर्मचारीको स्वास्थ्य सुरक्षाको विषयमा व्यापकरुपमा चासो व्यक्त हुनु र व्यवस्थापनको  प्रयास हुनु आफैमा सकरात्मक कुरा हो । त्यसमाथि सफाई कर्मचारी र आम नागरिकमा  पनि कोभिड नाइन्टिन जस्तो महामारीको असर र सरसफाईको महत्वबारे यापक बहस र सुरक्षा सर्तकताबारे पहल हुनु आफैमा उपलब्धि मुलक काम हो । यसले भावी दिनमा सरसफाइकोे महत्व र यस क्षेत्रमा कार्यरत कर्मचारीको  आवश्यकता र  सुरक्षा सर्तकताबारे व्यापक जनमतको सिर्जना गर्ने र नयाँ आधार तय गर्ने कुरामा आसाबादी हुन सकिन्छ । 

अन्त्यमा
यदि अहिले जस्तो कोरोनाको जस्तो डर फोहरसंगको सिधा सम्पर्कले निम्त्याउने अन्य रोगलाई जोड्न सकियो, प्रयोगमा अहिलको जस्तो कडाई, उचित नियम र नियमन र काम गर्ने ठाउँमा पानी, शौचालय र पोशाक फेर्ने व्यवस्था पनि हुने हो भने अहिले जसरी मास्क, पन्जा र पोसाकको प्रयोग भईरहेको छ  । त्यो दिगो हुन सक्दछ ्र यसका लागि फोहर संकलन गर्ने संस्था र केहि सहयोगी हातहरु भएर मात्र पुग्दैन । कम्तिमा नगरपालिका स्तरमा निर्देशिका, त्यसको प्रभावकारी नियमन, संस्था र नगरपालिकाको सहयोगमा शौचालय, काम सकेपछि नुहाउने र पोसाक फेर्ने व्यवस्था र सबै संस्थाहरुबाट आफ्ना श्रमिकलाई मास्क, पन्जा र पोशाकको व्यवस्था र नियमित स्वास्थ्य परिक्षण हुन जरुरी छ  ।  गैर सरकारी संस्थाहरुले  माथिका काममा सहयोगी भूमिका निर्वाह गर्न सक्दछन्  । यो सबै व्यवस्था हुन समय लाग्ने हुदाँ कम्तिमा फोहर संकलन गर्न आउनेहरुलाई नम्र बोलिमा मास्क र पन्जा खै त लगाएको भनेर आम सेवाग्राहीले सोध्न सके भने मात्र पनि केहि सुधार आउन सक्दछ । नभए कोरोनाको प्रभाव घटेसंगै अहिले देखिएको सुधार पनि हराएर जान  सक्दछ  ।

 

 

Give Us Feedback