img2
चितवन सफाइ अभियन्ता घिमिरेको संयोजनमा वृक्षरोपण सम्पन्न 

चितवनको हस्पिटल क्षेत्र सफाइ अभियन्ता आरती घिमिरेको संयोजनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । पवित्र धार्मिक स्थल देवघाट परिसर तथा सो क्षेत्रका सडक किनारमा वर पिपल लगायतका विरुवा रोपिएको हो । अभियन्तालाई जिल्ला डिभिजन वन कार्यलय चितवनले विभिन्न प्रजातिका विरुवा उपलब्ध गराएको हो । 

स्थानीय नागरिक तथा कलाकारको संयुक्त प्रयासमा वृक्षरोपण गरिएको हो । कार्यक्रममा प्रेम गित ३ का कलाकार प्रदिप खड्का, बाग्मती सफाइ अभियन्ता चक्र बहादुर भन्द लगायतको टोलीले सहभागिता जनाएको थियो । 
 
अभियन्ता घिमिरेले चितवनमा सरसफाइ अभियानसगैँ वातावरण संरक्षणमा विभिन्न कार्यक्रममा सहभागिता जनाउदै आएको बताउनुभएको छ । वृक्षरोपण कार्यक्रम दिन वा व्यक्ति विशेषमा भएपनि त्यसको संरक्षणमा सबै सरोकारवालको सहयोग आवश्यक रहन्छ । 

Give Us Feedback