img2
जति सम्झाएपनि मान्दैनन् मानिस, नदी किनारमा फोहोरको थुप्रो 

बाग्मती नदी सरसफाइ गर्न थालेको ७ वर्ष बितिसकेको छ । नदी किनार तथा भित्रबाट ठोस फोहोर निकाल्ने कामले सकारात्मक नतिजा प्रदान गरेको छ । अभियन्ता तथा स्थानीय सरकारले जथाभावी फोहोर नफाल्न गरेको आग्रहलाई स्थानीय मानिसले अटेर गरेका छन् । 

नदी किनारमा बसोबास गर्ने तथा न्युन आय भएका मानसले अझै नदी किनारमै फोहोरको थुप्रो लगाएका छन् । बाग्मती र धोवी खोलाको दोभान छेउको फोहोरको थुप्रो राखिएको छ । यसरी नदी किनारमा फोहोरको थुप्रो हुनुले धेरै अभियन्ता तथा सफाइ अगुवालाई टाउको दुखाईको विषय बनेको छ । 

Give Us Feedback