img2
बाजुराका नागरिकको सरसफाइमा चासो बढ्यो 

बाजुराका नागरिकले लकडाउनको समयलाई सदुपयोग गर्दै सरसफाइमा विशेष  ध्यान दिएका छन् । घर घरमा शौचालय निर्माण, भाडाँ राख्ने स्थान, हात धुने व्यवस्था, घरायसी तथा सामुदायको सरसफाइ लगायतका विषयमा विशेष ध्यान दिएका हुन् । 

बडिमालिका नगरपालिकाको नमूना समुदाय निर्मााण अभियानलाई सहयोग गदैै स्थानीय पबन लवारले जुठान निर्माण गर्नु भएको छ ।आफ्नै लगानीमा पहिलेको जुटान तथा हात धुने स्थानलाई स्तरन्नत्ती गरिएको उहाँले जानकारी गराउनुभयो । 

उहाँका अनुसार कोरोना पश्चात विभिन्न संघ संस्था नगरपलिका तथा गैर सरकार्ी संस्था यु एन ह्याविट्याटले साबुन पानीले हात धुने महत्वको विषयमा जानकारी गराएकाले सुधारको प्रयास गरिएको बताउनुभयो । आफ्नो परिवार तथा समुदायका मानिसमा  सफाइमा ध्यान दिने बानीको विकास भएको बताउनुभयो । 

Give Us Feedback