img2
पर्यावरण, कानुन र न्यायको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

वान अर्थ वान लभ समुहले‌ पर्यावरण, कानुन र न्याय भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । आजको कार्यक्रमको प्रमुख वक्ता तथा अतिथी मध्यपश्चिम विश्वविद्यालयका उप(प्रध्यापक तथा कानुन अधिवक्ता सुजन पन्त रहनुभएको थियो । वातावरणका विषय  सबैसँग सम्बन्धित रहेकाले त्यसको संरक्षण गर्न सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।  पछिल्लो समय विकसित देशहरु जापान, चीन, अमेरीका, भारत लगायत विश्वमानै आधुनिकिरण र औद्योगिकरणका कारण सृजित जलवायु परिवर्तनले वातावरणीय समस्या बढ्ने क्रम रहेकाले न्युनीकरणमा विशेष भूमिका आवश्यक रहेको बताउनुभयो । 

नेपालमा जलवायु परिवर्तनको प्रत्यक्ष असर खोलानाला तथा नदीहरुको बहाव बढेर हिउँ पग्लने,  बाढी पहिरो जाने तथा अज्य प्राकृतिक समस्याको दर र प्रभाव बढेको हो । 

मिथेन, नाइट्रस अक्साइड, कार्वन डार्इअक्साइजस्ता हरित गृह ग्याँस र ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ । परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बmमिक रुपमा वृद्धि हुँदै गएको छ । हरितगृह ग्याँसका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू रहेकोले त्यसको विकल्प खोज्न आवश्यक रहेको छ । 

विश्वकै सबैभन्दा कान्छी जलवायु परिवर्तन अधिकारकर्मी स्वीडेनकी १७ वर्षीय  ग्रेटा थनबर्ग जसले सन २०१९ मा संयुक्त राष्ट्र संघको एउटा मौसम सम्बन्धी यु एन क्लाइमेट एक्सन समिट नामक सम्मेलनमा प्रभावशाली भाषणमा, “तिमीहरू कसरी यस्तो गर्न सक्छौरुरु” भनेर सम्बन्धित सबैलाई प्रश्न गरेको प्रसङ्ग जस्तै नेपालका बालबालिका तथा युवाले समेत वातावरण संरक्षणका विषयमा ध्यान दिन आवश्यक रहेको छ । 

ह्वाङ्गानई नदीलाई न्युजिल्यान्डको सांसदबाट मानवलाई झै सबै अधिकार दिने नियम ल्याइयो जसले ती नदीलाई मानवको संज्ञा दिइयो । त्यसकारण यस नदीलाई न्युजिल्यान्डको जीवित नदीका रूपमा चिनिन्छ । त्यस्तै गरेर भारतले  गंगा र यमुनालाई पनि मानवको संज्ञा  दिएको छ सम्पूर्ण मानव अधिकारको सुनिश्चितता हुनुपर्ने निर्णय गरियो । यी ३ देशका त्यस्ता नदी हुन जसले मानवको संज्ञा पाए । यस्तै नेपालमा पनि बाग्मतीजस्ता नदीलाई सफा राख्न मानवको संज्ञा दिन सकिने र यस्तो गर्न सके हाम्रो वातावरण पनि सफा हुनेमा सबैको विश्वास रहेको छ  । 

वातावरण सम्बन्धि व्यवस्था नीति नियमहरुको सन्दर्भमा अधिवक्ता पन्तले वातावरण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा नियमहरुको बारेमा प्रष्ट्याउदै ूभारतको सर्वोच्च अदालतले  सन् २०१५ मा चराचुरुङ्गी हरुलाई पिँजडामा थुन्न नपाउने, घरमा प्रयोग गर्न नपाइने, बेचबिखन निषेध लगायतका बिशेष अधिकार ल्याएको जानकारी गराउनुभयो । 

त्यस्तै नेपालको संविधानको धारा ३० स्वच्छ वातावरणको हकमा उल्लेख गरिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक, वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक र राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था सम्बन्धमा पनि उहाँले बताउनुभयो ।  

कार्यक्रमका  सहभागीहरुको प्रश्नमाथि जवाफ दिने क्रममा गरेर वान अर्थ वान लभ समुह एकदमै उत्कृष्ट रहेको भन्दै आगामी दिनहरुमा पनि यस्तै समसामयिक  विषयहरुको उत्थान गर्न सल्लाह तथा सुझावहारु दिनुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको संचालन संस्थाका  सदस्य सरोज शाहीले गर्नु भएको थियो । कार्यक्रममा प्रत्यक्ष र लाइभमा गरि करिव  १०० जनाको सहभागीता थियो ।
 

Give Us Feedback