img2
ईकोसमाचार डट कम तेस्रो वर्षमा प्रवेश, सबै शुभेच्छुकप्रति आभार

वातावरण संरक्षण तथा विपद् न्युनीकरणका मुद्दालाई विशेष प्राथमिकता दिदैं संचालन भईरहेको अनलाईन न्युज पोर्टल ईकोसमाचार डट कम तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपालमा अनलाईन पत्रकारिताको क्षेत्रमा फरक शैलीमा सामान्य विषय वा व्यवहारले पनि वातावरण संरक्षण र विपद् न्युनीकरणमा कसरी सहयोग पुग्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छौं ।

हामीले विशेषत फोहोरमैला व्यवस्थापन, सरसफाइ अभियान, वृक्षरोपण, वायु प्रदूषण, जलवायु परिवर्तन लगायतका बिषयमा समाचार संकलन तथा सम्प्रेषण गर्दै आएका छौ. । अनलाईन माध्यममा श्रव्यदृश्य सामाग्री तथा कार्यक्रम ईको टक र पर्यावरणको उत्पादन तथा प्रशारणले हामीलाई थप हौसला प्रदान गरेको छ । धेरै मिडियाको समाचारको विषयवस्तुनै नपर्ने र कहिल्यै भाईरल नबन्ने वातावरण, वन, कृषि, पर्यटन लगायतका विषयमा कलम चलाउने प्रयास गरेका छौं र आशिंक सफलता मिलेको भान भएको छ ।

परिमाणको तुलामा मापन गर्दा दैनिक केही हजार पाठकको माझमा पुग्यौं तर गुणात्मक हिसावले हाम्रा विषयवस्तुले क्रमिक रुपमा उचाई लिदै गएका छन् । धेरै अभियानकर्ता, विद्यार्थी, सामाजिक कार्यकर्ता तथा सरोकारवाला हाम्रा समाचारका स्रोत हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै वातावरणीय तत्वको संरक्षणमा सहयोग गर्न सफल भएका छौं । विश्व वातावरण दिवस २०७६, बाग्मती सफाइ अभियान, खुला दिसामुक्त राष्ट्र घोषणा लगायतका केही महत्वपूर्ण कार्यक्रममा संचार क्षेत्रको नेतृत्व गर्दै अन्य स्वदेशी तथा विदेशी संचारमाध्यमसगँ सहकार्य गर्नुलाई अवसरको रुपमा लिएका छौं ।

यससगैँ ईकोसमाचार डटकमलाई विभिन्न समयमा समाचार सामाग्री, तस्बिर, सही सूचना, विज्ञापन तथा बहस पैरवीका कार्यक्रम दिएर सहयोग गर्नु हुने सबै महानुभावहरुप्रति आभार व्यक्त गर्दछौं । नेपालमा पत्रकारिता व्यवसायिक हिसावले सहज र सफल बन्न नसकेको अवस्थामा कोरोना भाईरसको क्रासले फेरि हामी सबैलाई नमिठो धक्का दिएको छ । सामाजिक, आर्थिक र मनोवैज्ञानिक हिसावले ओरालो झरेको बेलामा बिस्तारै उक्लनुनै जीवन संचालनको नियमका रुपमा ग्रहण गरेका छौं । ईकोसमाचार डट कम एउटा पृथक अनलाईन बन्नुपर्छ भन्दै कक्षा २ मा अध्ययन गर्ने विद्यार्थीदेखि लिएर विद्याबारिधी गर्नु भएको व्यक्ति, प्राध्यापक, नीति निर्माता तथा अग्रजहरुको प्राप्त लेख, रचना तथा सामाग्रीले, हामीलाई थप हौसला प्रदान गरेको छ ।

करिब २ वर्षको अन्तरालमा समाजबाट सिक्दै र वातावरणका विषयमा सिकाउदै नेपाली पत्रकारिताको आचारसंहिता पालना गर्न सफल भएका छौं । आगामी दिनमा पनि यहाँहरुको सल्लाह, सुझाव, सहयोगको अपेक्षा गर्दै आफ्नो कर्मप्रति दृढ रहेको जानकारी गराउदछौं ।

शुभ समय....!

Give Us Feedback