img2
बर्दियामा दीगो विकास संरक्षण सञ्जाल गठन 

जैविक विविधता संरक्षणमा र दिगो विकासमा युवाको नेतृत्व सहितको  सहभागिता बढाउने उद्देश्य अनुरुप बर्दियाको ठाकुरबाबा नगरपालिकामा दीगो विकास संरक्षण सञ्जाल गठन भएको छ । सञ्जालले वातावरण संरक्षणमा स्थानीय सरकारसगँ सहकार्य गर्दै समुदायका नागरिकमा यस विषयमा सक्रिय रहने जानकारी गराईएको छ ।  सञ्जालले स्थानीयस्तरमा   वृक्षरोपण ,जैविक विविधता  संरक्षण, फोहोरमैला व्यवस्थापन, इको पुस्तकालय स्थापनाका विषयमा सक्रिय भएर वातावरणका विषयमा चेतना अभिवृद्धि गर्ने काममा प्राथमिकता दिने प्रवक्ता सुनिल शाहीले बताउनुभएको छ । 

सो सञ्जालको अध्यक्षमा शंकर भण्डारी चयन हुनु भएको छ । संस्थाको उपाध्यक्षमा विनोद वि.सी, सचिवमा प्रतिक्षा नेपाल ,सह सचिवमा दिपक आचार्य ,कोषाध्यक्षमा प्रज्योती तिमिल्सेना ,सचेतकमा खेमराज ढकाल र प्रवक्तामा सुनिल शाही रहनु भएको  छ ।  

यसैगरि सदस्यहरुमा विश्वास शाह ,सुवास चौधरी ,तर्क भण्डारी ,दिनेश रिजाल , निराजन उपाध्याय, मुक्तिराम रिजाल,कल्पना देवकोटा ,माधब  बिष्ट ,वेद प्रकाश खातिवडा र देवेन्द्र टमटा निर्वाचित हुनु भएको छ। 

संस्थाले आगामी दिनमा वाताव।का विषयमा विभिन्न कार्यक्रम, नीतिगत विषयमा संचालन गर्ने बताएको छ । 

Give Us Feedback