img2
 प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगमा जोड 

कृषि उत्पादनका निम्ति रासायनिक मल र विषादीको न्यूनीकरण गर्दै   प्राङ्गारिक मलको उत्पादन, उपभोग तथा व्यवस्थापनमा जोड दिन आग्रह गरिएको छ । नेपालको पूर्वी भू भागका किसानलाई लक्षित गर्दै  सोताङ अर्गानिक फार्मले गाईबस्तुको गोबर तथा मलबाट उत्पादन गरी विक्रि वितरण गरिएको संचालक कृष्ण राईले बताउनुभयो ।  

विभिन्न प्रजातिका  बिरुवामा लाग्ने रोग, किरा नियन्त्रण र खाद्य तत्वको रुपमा सहयोग पुर्याउने उद्देश्यले जैविक प्राङ्गारिक मल उत्पादन गरेको बताउनुभयो । 

व्यवसायिक किसान तथा कौसी खेती, नर्सरी  संचालन गर्ने व्यक्तिलाई उपयुक्त हुने उत्पादकले बताएका छन् । रासायनिक मलको प्रयोगले क्षणिक रुपमा उत्पादनले वृद्धि भए पनि माटोको उर्वराशक्ति नष्ट गर्ने र वातावरणमा समेत नकारात्मकअसर गर्ने भएकाले कम प्रयोग गर्न विज्ञले आग्रह गरेका छन् । प्राङ्गारिक मलले जमिनको आयुसमेत बढाउने भएकाले त्यसको प्रयोग गर्न संचालक राईले आग्रह गर्नुभयो । 

रासायनिक मलको अभाव झेल्दै समयमा मल नपाउदाँपनि किसानको यसप्रतिको महत्व नबुझेको उत्पादनले बताएका छन् । 
 

Give Us Feedback