img2
झापामा बाढीको कारण एक सय घर जोखिममा 

बुधबार रातीबाट निरन्तर परेको पानीका कारण झापाको विभिन्न क्षेत्रमा क्षती पुर्याएको छ ।झापाको अर्जुनधारा नगरपालिका वडा नं २ स्थित जीतबहादुर विसंखेको घरमा सिमलको रुख ढल्दा घर पूर्ण क्षती हुदाँ एक बाछीको मृत्यु भएको छ । बिहान ३ बजे देखि दिउसो ३ बजे सम्म लगातार परेको पानीका कारण धेरै ठाउँमा डुवान र नदी कटान भएको जिल्ला रेडक्रस झापाले बताएको छ । 

कनकाई नगरपालिका वडा नं ८ मा विरिङ नदिले पूल उत्तरको बाँध कटान गरेपछी सुकुम्बसीटोलका २० परिवार उच्च जोखिममा रहको वडाध्यक्ष प्रेमबहादुर कटुवालले जानकारी दिएका छन् ।

विरिङ नदीले नै बाह्रदशी गाउँपालिका वडा नं ७ तुलसीबारीेमा ६ घर विस्थापित बनाएको छ, हाल विस्थापित परिवार छिमेकीको शरणमा बस्दै आएको जानकारी प्राप्त भएको छ । उता गौरीगंज गाउँपालिका वाड नं २ मा कनकाई नदिले धान खेती कटान र स्थानिय १०० भन्दा बढी परिवारहरुलाई जोखिममा पारेको छ । 
नदीमा आएको बाढीका कारण भद्रपुर नगरपालिका पाठामारीमा ११२ नं सिमा स्तम्भ नजिक कटान भईरहेको स्थानीयले बताएका छन् । 

झापाकै हल्दिबारी गाउँपालिका वाड नं ३ मा देउनिया खोलाले एक घर परिवारलाई पूर्ण विस्थापित बनाएको छ ।प्रकोपमा परेकाहरुलाई तत्कालका लागि रेडक्रस झापाले त्रिपाल उपलब्ध गराएको झापा रेडक्रस सभापति लोकराज ढकालले बताउनु भएको छ । 

बाढीका कारण भएको विस्तृत जानकारी आउने क्रममा रहेको छ । 

 

PC:nepaliforeignaffairs

Give Us Feedback