img2
ललितपुर महानगरको सडकमा प्रष्ट देखियो साईकल लेन 

ललितपुर महानगरपालिकाले वातावरणमैत्री कदम अनुरुप मुख्य सडकमा छुट्याएको साईकल लेनमा हरियो रगं लगाएको छ । थापाथली देखि पूल्चोक हुदै जावलाखेल सम्मको सडकमा बनाईएको दुवै तर्फ नेपाल साईकल सोसाईटी तथा अन्य सरोकारवालाको पहलमा सो काम गरिएको हो । 

काठमाडौ उपत्यकामा दैनिक कामकाज देखि अन्य काम गर्ने सयौँ मानिस साईकलको प्रयोग गरिरहेका छन् । महानगरको यस कदमलाई नेपाल साईकल सोसाईटीले स्वागत गरेको छ । 

सडकको दुवै तर्फ स्पष्ट रुपमा देखिएको लेनले साईकलयात्री तथा अन्य सवारीलाई समेत आवत जावतमा सहज हुने बताईएको छ । 

तस्बिर सौजन्य ः साईकल सोसाईटी 

Give Us Feedback