img2
बाग्मती नदी संरक्षणका मुद्वामा युवाको चासो बढ्दो

मानव सभ्यतासगँ गासिएको बाग्मती नदी संरक्षण तथा त्यसको प्राकृतिक, सामाजिक तथा सास्कृतिक गरिमा कायम गर्न यूवाको भूमिकाका विषयमा वेबिनार सम्पन्न भएको छ ।


 

नदी संरक्षण तथा प्राकृतिक स्वरुपमा फर्काउने उद्देश्यले भईरहेका कामका विषया, नदी सफाइ अभियन्ताले गरिरहेका काम, सरकारको प्राथमिकता तथा विकास साझेदारी निकाय एशियाली विकास बैकंको सहयोगमा भईरहेका कामका विषयमा जानकारी गराईएको थियो । 

बाग्मती नदीलाई स्वच्छ सफा, हराभरा बनाउन युवाको भूमिका तथा चावी रयानीतिका विषयमा छलफल भएको आयेजकका तर्फबाट निरज बाबु भट्टले जानकारी गराउनुभयो । उहाँका अनुसार देश भरका युवालाई यस विषयमा प्रशिक्षण गर्ने तथा विभिन्न समुह मार्फत कार्यक्रमको योजना बनाउने लक्ष्य रहेको छ । 

एशियाली विकास बैकको सहयोगमा बाग्मती नदीको किनारा तथा मूहानमा पूर्वाधार निर्माण तथा  विभिन्न काम भईरहेको र अवको प्राथमिकता युवाको अग्रसरतामा नागरिक सचेतनामा अभियान संचालनको महसुस भएको एडिबिका प्रतिनिधि राजन आचार्यले जानकारी गराउनु भयो ।

उहाँका अनुसार दीगो विकासको लक्ष्य प्राप्तीमा युवा सहभागिताको आवश्यक रहेकाले बाग्मती नदी संरक्षणमा सोही ढाचाँ अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा सहभागीलाई विभिन्न समुहमा बाडेर नदी संरक्षण, सरसफाइ अभियान, फोहोरमैला व्यवस्थापनका विषयमा युवा र क्षेत्रगत विज्ञ माझ छलफल गरिएको थियो । वेबिनारमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, वातावरण विज्ञानका विद्यार्थी, सरसफाइ अभियन्ता, संचारकर्मी तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।  
 

Give Us Feedback