img2
पृथ्वीको बारेमा सोच्न  युवाको आग्रह, सातौँ राष्ट्रिय युवा जलवायु सम्मेलन २०२० आयोजना हुदै 

जलवायु परिवर्तनका बारेमा युवाहरूलाई सुसूचित गर्न तथा यस सम्बन्धी मुद्धाहरूमा युवाहरूको भूमिकाका विषयमा छलफल गर्दै समाधानका विकल्प खोज्न (Nepalese Youth for Climate Action- NYCA) ले सातौँ राष्ट्रिय युवा जलवायु सम्मेलन २०२० आयोजना गर्न  लागेको हो । नोभेम्बर ६ देखि ९ सम्म आयोजना हुने कार्यक्रममा नेपालका युवालाई जलवायु परिवर्तनका कारक, प्रभाव तथा समाधानका विषयमा विशेषतह युवा वर्गलाई जानकारी दिने उद्देश्य रहेको आयोजकका तर्फबाट श्रेया के.सीले जानकारी गराउनुभयो । उहाँका अनुसार भर्चुअल रुपमा हुने वेबिनार नेपालकै वृहत बनाउने गृहकार्य भईरहेको बताउनुभयो । 

सातौँ राष्ट्रिय युवा जलवायु सम्मेलन २०२० 

यस सम्मेलनले जलवायु परिवर्तनका विषयमा युवाहरूमा आवाज बुलन्द गर्दै तीनै तहका सरकार, नीति निर्माता, सरोकारवाला तथा नेतृत्व तहलाई यस अभियानमा जोड्ने लक्ष्य लिएको आयोजकले बताएका छन् । युवा नेतृत्वद्वारा जलवायु महत्वाकांक्षाको तिव्रता  भन्ने नारालाई सार्थकता दिदै  सातौँ राष्ट्रिय युवा जलवायु सम्मेलनले नयाँ सोच तथा अवधारणाको बारेमा छलफल गरिने र सम्बन्धीत सरोकारवालालाई सुझाव दिने बताईएको छ । 

जलवायुको लागि नेपाली युवाहरुको संजाल सन् २००८ देखि जलवायु परिवर्तन तथा अन्य वातावरणिय मुद्दामा  सक्रिय हुदै आईरहेको छ ।। मूलत जलवायु परिवर्तन सम्बन्धी चासो राख्ने वातावरणप्रेमी युवाहरूले नेतृत्व गरेको यस संस्थाले जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको छ । 

हालसम्म सम्पन्न भएका ६ वटा राष्ट्रिय युवा जलवायु सम्मेलनले नयाँ उचाई दिनुका साथै जलवायु परिवर्तनका विद्यमान समस्या र समाधानका विषयमा बहस पैरवीका निम्ति सहयोग भएको हो ।   

जलवायु परिवर्तनका कारण नागरिकका दैनिकी तथा व्यवहार परिवर्तन हुदै गईरहेको र त्यसले निम्त्याएका समस्या समाधान गर्न नागरिक तहमा समेत सहयोग पुगेको छ ।   
कार्यक्रमको सम्पूर्ण सूचना तथा समाचार ईकोसमाचारको वेब पेज तथा फेसबुक पेज मार्फत निरन्तर जानकारी गराईने छ । 

Give Us Feedback