img2
काठमाडौ महानगरपालिकाको स्वयम्भूमा बन्यो पार्कजस्तै शौचालय क्षेत्र 

काठमाडौ महानगरपालिकाको वडा नं १५ स्थित स्वयम्भूमा नमूना सार्वजनिक शौचालय  नागरिकका निम्ति संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाविच उक्त शौचालयको महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उद्घाटन गर्नुभएको थियो । करिब ४०० वर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो शौचालयले सार्वजनिक शौचालयको निर्माण तथा संचालनको क्षेत्रमा नयाँ आयाम थपेको र यस्तै प्रकृतिका शौचालयअन्य वडामा समेत बिस्तार गर्दै लैजाने महानगर प्रमुख शाक्यले बताउनुभयो । 

कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बिशेष रुपमा महिलालाई महिनावारीको समयमा शौचालय अत्यावश्यक रहने स्मरण गर्नुभयो ।  महिला शौचालयमा स्यानेटरी प्याड भेन्डिग मेशिनलको जडानले सहजता ल्याएको बताउनुभयो । उहाँले शौचालय सबै नागरिकको आधारभुत आवश्यकता रहेकोले यसमा पहुचँ र सुविधा विस्तारमा सरकारी तथा गैर सरकारी संयन्त्रले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  


महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू क्षेत्रमा निर्माण भएको शौचालयको सहि रुपमा प्रयोग तथा नियमित सफाइमा वडाले विशेष ध्यान दिने बताउनुभयो । उहाँले शौचालयको सही रुपमा प्रयोग तथा सफाइको पहिलो जिम्मेवारी प्रयोगकर्ताको भएकाले यस तर्फ सचेत बन्न आग्रह गर्नुभएको छ ।

महिला, फरक क्षमता भएका नागरिक, वृद्ध तथा अशक्त व्यक्तिलाई अझै शौच गर्न समस्यालाई हल गर्न एरोशानको ५० लाख र वडाको ५ लाख गरि ५५ लाखको लागतमा शौचालयको निर्माण गरिएको हो । पर्यटकिय क्षेत्र स्वयम्भूमा संचालनमा आएको शौचालयले सबैलाई सहज सुविधा उपलब्ध गराउने र यसको उचित प्रयोग तथा संरक्षण गर्न आवश्यक रहेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले जानकारी गराउनुभयो । 

उहाँका अनुसार यो शौचालय मात्र नभई शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी टुयाकंी जडान गरिएको र मानव मलमुत्र व्यवस्थापन गर्न बायो ग्याँस उत्पादन प्लान्ट जडान गरिएको छ  । 

गतवर्ष मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएसगैँ कामले तिव्रता पाएको हो । 

Give Us Feedback