img2
सफाइ अभियन्ताको सक्रियतामा झापा र धरानमा सफाइ सम्पन्न 

सरसफाइ अभियन्ता धिरेन्द्र कुमार शाहसहितको टोलीले नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानमा सफाइ सम्पन्न गरेको छ । झापाको चारआली बजारमा गरिएको सरसफाई अभियानमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरी प्रमुख  संजीव शर्मा एवं विश्व साईकल यात्री पुष्कर शाहको सक्रिय सहभागिता रहेको थियो । 

वातावरण , स्वास्थ्य र खेलकूदको लागि साइकिलिंगको बिशेष महत्व भएको ले साईकल उत्सवको अवसर मा  महाकाली (मेची साईकल यात्राको २१ औं दिन मेची नदी नजिक रहेको चरहली बाजारमा ट्राफिक प्रहरीको सहकार्यमा साईकल यात्रु हरुले राजमार्ग छेउको फोहर लाई संकलित गरेर नगरपालिकालाई व्यववस्थापनका लागि दिईएको अभियन्ता धिरेन्द्र शाहले बताउनुभयो । 

साथै अर्को समूहमा सरसफाइ अभियन्ता धिरेन्द्र कुमार शाह, लायन्स क्लबको अध्यक्ष अम्बिका श्रेष्ठ र लायन्स दन्तकालीका निवर्तमान अध्यक्ष आभा सुवाल लगायतको टोलीले धरानमा सफाइ सम्पन्न गरेको हो । 

धरानको मन्दिर क्षेत्रमा रहेका फोहोर संकलन गरेर व्यवस्थापन गरिएको अभियन्ता शाहले बताउनुभयो । उहाँका अनुसार कोरोका कहरका कारण सरसफाइ अभियानमा केहि कमि आएपनि सोच परिवर्तनका लगि विभिन्न अभियानका स्वरुप परिवर्तन गर्दै व्यक्तिगत सुरक्षाका उपाय अपनाएर काम गरेको बताउनुभयो । 

Give Us Feedback