img2
मेची महाकाली सफाइ अभियान संचालनमा ,  इलामको पर्यटकीय स्थल कन्यामबाट शुरु 

कोरोना कहरका कारण केही समय स्थगित गरिएको मेची महाकाली सरसफाइ अभियान फेरि सूचारु गरिएको छ । ईलामको पर्यटकिय स्थल कन्यामबाट युवाहरुको अग्रसरतामा सफाइ संचालन गरिएको सामाजिक अभियन्ता विष्णु आचार्यले बताउनुभयो । उहाँका अनुसार नागरिकलाई सरसफाइको महत्व बुझाउदै नेपालको सातै प्रदेशका विभिन्न स्थानमा सफाइ अभियान संचालन गरिने भएको छ । 

कन्याममा गरिएको  सफाइ अभियानमा प्लास्टिकजन्य फोहोर, रक्सीका बोतल, रेडबुल, जुस लगायतका क्यान बढी पाईएको छ । पर्यटकिय स्थलमा रमाईलो गर्न जाने आन्तरिक पर्यटकले खाद्यान्न तथा पेय पदार्थका रुपमा प्रयोग गरेका सामाग्री बढी रहेको अभियन्ता आचार्यले बताउनुभयो । 

उहाँले सफाइ अभियानमा लाग्दा क्षण स्मरण गर्दै एक दुई जना समूहको सफाइ साकेंतिक रहेको र सफा नेपाल निर्माण गर्न स्थानीय नागरिक तथा सरकारको भूमिका विशेष रहने बताउनुभयो । लकडाउनमा घर भित्रै बस्न बाध्य मानिस अब बिस्तौ हिडडुल गर्न थालेको अवस्थामा रमाईलोका लागि गएका स्थानमा जथाभावी फोहोर नफल्न युवाले आग्रह गरेका छन् । 

आफ्नो सानो गल्तीले वातावरण तथा मानव स्वास्थ्यमा ठूलो समस्या पर्ने भएकाले यस तर्फ ध्यान दिन आग्रह गरिएको हो । 

सुर्योदय नगरपालिका वडा नं ७ का वडाध्यक्ष लेखनाथ खड्काले फोहोर व्यवस्थापनका निम्ति डस्टविनको प्रयोग अनिवार्य रुपमा गर्न आग्रह गर्नुभयो । उहाँले जथाभावी फोहोर फाल्ने काम बन्द गर्न स्थानीय नागरिक, व्यवसायी तथा यस्ता सचेत युवाको साथ स्थानीय सरकारलाई रहेको जानकारी गराउनुभयो ।

 सरसफाइमा  घोडा चडी व्यवसायी संघका अध्यक्ष प्रेम लाल तामाङ लगायतको टोली, नेपाल प्रहरी, स्थानीय संघ सस्था, होप फर सक्सेसका अनिल ढकाल लगायत साथीहरु, होटल व्यवसायी बाट टेकराज गिरी लगायत सरोकारवालाको सहयोग रहेको थियो । 

Give Us Feedback