img2
ललितपुर महानगरले नमूना शौचालय संचालनमा ल्यायो 

ललितपुर महानगरपालिकाले विश्व चर्पी दिवसको अवसरमा ललितपुरको लगनखेलमा नमूना सार्वजनिक शौचालय संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिका तथा एरोसानको संयुक्त पहलमा नागरिक तथा पैदलयात्रुलाई लक्षित गर्दै शौचालय संचालनमा ल्याएको हो । 

शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महानगरका नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक शौचालयको निर्माण, प्रयोग तथा स्तरोन्नत्तीलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ललितपुरमा विभिन्न समयमा आयोजना गरिने जात्रा तथा अन्य कार्यक्रमलाई लक्षित गर्दै तीनवटा तीनवटा घुम्ती शौचालय ल्याईसकेको र संचालनको तयारीमा रहेकोे बताउनुभयो ।

गुथिका सल्लाहकार प्रकाश अमात्यले सफा र सुविधासम्पन्न सार्वजनिक शौचालय नागरिकको मौलिक अधिकार रहेको जानकारी गराउदै नमूना सार्वजनिक शौचालयले सबैलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले  शौचालयबाट निस्कने मानव मलमुत्रलाई व्यवस्थापन गर्नको लागि बायो ग्यासँ उत्पादन गरेर प्रयोगमा ल्याउने बताउनुभयो । 

करिब २५ लाख  खर्च गरिएको शौचालयमा फरक क्षमता भएका नागरिक, महिलाका निम्ति स्यानेटरी प्याड लगायतको व्यवस्था गरिएको छ ।

Give Us Feedback