img2
कौसी खेतीले दिलायो सफाइ अभियन्तालाई उत्प्रेरणा 

कोरोनाको कहरपश्चात लकडाउनको समयले धेरैलाई घरमै बस्न बाध्य गराएको थियो । मानिसले आफ्ना घरमा विभिन्न काम गरेर बिताएका थिए । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ बस्ने, गोदावरी सफाइ अभियन्ता नारायणी पाण्डेले भने आफ्नो समय नदी सफाइ अभियाानसगैँ घरको कौसी खेतीमा सदुपयोग गर्नुभएको छ  ।

उहाँले कौसीमा विभिन्न प्रजातिका फूल, बिरुवा तथा तरकारी लगाउनुभएको छ । दैनिक करिब १ देखि २ घण्टाको समय दिदा सहज कौसी खेती भएको छ । चार जनाको सानो परिवारलाई मौसमी रुपमा उत्पादन हुने तरकारीले भान्सा संचालनमा सहयोग पुगेको बताउनुभयो । हरियो साग, सिमी, लसुन, धनियाँ गोलभेडा लगायतका तरकारी उत्पादन गरि घरमै खपत गर्नुभएको छ  । 

घरको भान्साबाट निस्कने कुहिने फोहोरलाई मल बनाउन प्रयोग गर्दै फलफूल तथा तरकारीमा राख्ने गरिएको छ । करिब तीन आना जग्गामा बनेको घरको कौसीभर गमला, प्लास्टिकका भाडा तथा पूराना बट्टाहरुमा माटो भरेर कौसी खेती गर्नुभएको हो । 

 

 

झण्डै १० वर्ष देखि बस्न थालेको सो घरमा कोसी खेती गर्दा प्राकृतिक, वातावरणीय हिसावले आनन्द मात्र नभई दैनिक रुपमा हरिया तरकारीका लागि खर्च हुने पैसा समेत जोगिएको उहाँले बताउनुभयो । उहाँका अनुसार परिवारका १ वा २ जना सदस्यले समय व्यवस्थापन गर्न सक्ने हो भने कौसी खेती गर्न समस्या नरहेको बताउनुभयो । विषादी प्रयोग गरेका तरकारी खान बाध्य काठमाडौ उपत्यकाका नागरिकले स सानो प्रयास गर्दा पनि ठूलो परिवर्तन हुनेमा उहाँले विश्वास लिनुभएको छ । 

सरकारले समेत विषादी प्रयोग नगरेका तरकारी प्रयोगमा आग्रह गरेको सन्दर्भमा घरमै कौसी खेती गर्नाले विषादीरहित तरकारी उपभोग गर्न सहज हुन्छ । चिसो मौसममा उत्पादन हुने तरकारीले धेरै सहयोग पुग्ने समेत उहाँले बताउनुभयो ।

आफ्नौ कौसी खेती हेर्न तथा यसबारे बुझ्न वडा र विभिन्न संस्थाबाट मानिसहरु आउदा काम गर्न थप हौसला मिल्ने बताउनुभयो । उहाँले आफुले जानेको ज्ञान तथा सिप छिमेकी तथा अन्य अभियन्तालाई समेत दिदै आएको र यसतर्फ सोचेर व्यवहारमा लागु गर्न सबैमा आग्रह गर्नुभएको छ । 

कौसीमा उमारिएका फूलहरु आखाँले हेर्दा  तथा तरकारी खादा छुट्टै अनुभव हुने पाण्डेले बताउनुभयो । धेरै स्थानीय तहले कौसी खेतीको प्रवद्र्धन  गर्न कार्यक्रम ल्याएको सन्दर्भमा सबै सामाजिक अभियन्ताले यसलाई विशेष अभियानका रुपमा लैजानु पर्ने देखिन्छ । 

Give Us Feedback