img2
सडकका दुवै किनारामा हुर्किए बिरुवा, हरित नगर बन्दै ललितपुर महानगर 

ललितपुर महानगरपालिकाले हरित नगर अभियानलाई प्राथमिकता दिएको छ । थापाथली पुलेदेखि पूल्चोक जावलाखेल हुदै लगनखेलसम्मको सडकको दुवै तर्फ वृक्षरोपण गर्ने तथा हुर्काउने काम गरिएको हो । स्थानीय सरकारले नागरिकको स्वास्थ्य तथा वातावरणीय स्वच्छतालाई प्राथमिकता दिने आफ्नो नीति अनुरुप काम गरिएको हो । 


सडक किनाराका बिरुवाले शहरी सौन्दर्यता मात्र नभई वायु तथा ध्वनी प्रदूषण न्युनीकरण गर्न सहयोग पुगेको छ । महानगरका नगर प्रमुख चिरी बाबु महर्जनले आफुले चुनावमा नागरिकसगँ भोट मागेको समयदेखिनै महानगरलाई हरियाली व्यवस्थित शहर बनाउन प्रण गरेकोले सोही अनुरुप काम गरेको बताउनुभयो । कोरोना कहरका कारण रोकिएको वृक्षरोपण बिस्तारको कामलाई अब निरन्तरता दिने बताईएको छ । बिरुवा रोप्ने, मलजल, हेरचाह तथा हुर्काउने जिम्मा स्थानीय सरकारको भएपनि त्यसको जिम्मेवारी नागरिकको पनि रहेको बताउनुभयो । 



आफ्नो पसल छेउमा हुर्किएको हरियो बिरुवाले मनै प्रफुलित बनाएको व्यवसागी संगम महर्जनले बताउनुभयो पसल छेउको बिरुवाको हेरचाह तथा पानी राख्ने काम आफैले गरेको जानकारी गराउनुभयो । 
प्रत्येक नागरिक तथा व्यवसायीले आ आफ्नो क्षेत्र वरपर वा सडक छेमा पर्ने बिरुवाको हेरचाह गरे सफा तथा हरियाली नगर बन्न सहयोग पुग्छ । 

ललितपुर महानगरपालिकाका वातावरण ईन्जिनियर प्रदिप अमात्यले महानगर वातावरणमैत्री शहर निर्माणमा प्रयासरत रहेको बताउनुभयो । सडक किनारामा प्रत्येक वर्ष १ हजारका दरले बिरुवा  रोप्ने र त्यसलाई हुर्काउने गरेको छ । कुपण्डोल, पूल्चोक तथा कुमारीपाटी क्षेत्रका बिरुवा हुर्किएर ५ फिट भन्दा अग्लो भएका छन् ।

ईन्जिनियर अमात्यका अनुसार अबिले निश्चित क्षेत्रमा  तालिका  बनाएर महानगरले जानी तथा मलजलको व्यवस्था गरेको छ । संचालनमा रहेको २ वटा ट्याकंरे पानीको व्यवस्था गरिएको छ । हरित नगर साझा अभियानको स्वरुप भएकाले यसमा  महानगरले निजी क्षेत्रका संघ संस्थासगँ सहकार्य गरेको छ । महानगरमा संचालन भएका वृक्षरोपण, त्यसको अवस्था र भावी योजनाका बारेमा ईन्जिनियर अमात्य यसो भन्नुहुन्छ । 


सडक किनारामा कपुर, ज्याकराण्डा, हेज, धुपी, लालुपात लगायतका विरुवा लगाईएका छन् । सडक किनाराको अलावा जावलाखेल चोकमा रहेको उद्यानलाई समेत विशेष महत्व दिएर काम थालिएको छ । डिभिजन वन कार्यलय ललितपुरसगँ वडा कार्यले सहकार्य गर्दै विभिन्न सार्वजनिक क्षेत्रमा वृक्षरोपणको काम भईरहेको छ । सडक किनारको वृक्षरोपण अभियानलाई भैसेपाटी क्षेत्रमा समेत बिस्तार गर्न लागिएको हो । 

महानगरले यस वर्ष  ५ वटा पार्क तथा उद्यान निर्माण सम्पन्न गर्ने बताएको छ । करिब १० किलो मिटर सडक खण्डमा हरियाली कायम  भईसकेको अवस्थामा वातावरण तथा हरियाली मैत्री नगर निमांणमा प्रतिवद्ध रहेको छ । 

Give Us Feedback