img2
पारिवारिक निजी वनमा सम्भावना बढी तर कानुनको व्याख्याले किसान समस्यामा  

वातावरण तथा पर्यावरण संरक्षणमा समग्र वृक्षरोपण,वन व्यवस्थापनको महत्व देखिएको छ । वन विस्तारमा व्यक्ति, परिवार, समुदाय तथा सरकारको योगदान रहदै आएकोमा पछिल्लो समय पारिवारिक निजी वनकोे विस्तारले गति लिएको छ । तराई भूभागमा ४० वटा रुख एकै ठाउँमा भएको र पहाडमा ६० वटा रुख एकैठाउँमा रोपिएको अवस्थामा पारिवारिक निजी वन भन्ने गरिएको छ । 

पारिवारिक निजी वनको वातावरणीय योगदान बढ्दै गएको छ । नेपालका धेरै किसान तथा परिवारको आर्थिक स्थर सुधार गर्न खेती जस्तै पारिवारिक निजी वनमा समेत आकर्षित हुन थालेका छन् । आफ्ना निजी सम्पत्ती जग्गामा रुख बिरुवा लगाएर घरायसी खर्च तथा शिक्षा स्वास्थ्य तथा न्यूनतम आवश्यकता पूरा गर्ने क्रम बिस्तार भएको छ । 
वातावरण तथा पर्यावरण संरक्षणका मुद्दा चर्चामा रहेको सन्दर्भमा वन व्यवस्थापनका निम्ति पारिवारिक निजी वनको योगदान अब्बल रहेकोे छ । निजी जग्गामा रुख र बहुउपयोगी बिरुवा रोप्ने क्रम बढेसँगै यसको विस्तार बढेको हो ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिकामा बस्ने  लक्ष्मी पोखरेलले पछिल्लो २ वर्षदेखि पारिवारिक निजी वनमा आफ्नो समय खर्चदा सुखद रहेको बताउनुभयो । निजी बनको विषयमा विभिन्न माध्यमबाट जानकारी भएको र यसबाट आर्थिक सम्भावना देखिएकोले संलग्न रहेको बताउनुभयो । अहिले २ रोपनी भन्दा बढी जग्गामा प्राविधिकको सल्लाह बमोजिम रुख बिरुवा लगाईएको जानकारी गराउनुभयो । निजी पारिवारिक वनका लाग्नुको कारण र उपलब्धीका सम्बन्धमा उहाँको विचार । 

मुलुकभर झण्डै १३ लाखभन्दा बढी निजी वन रहेको पारिवारिक निजी वन संघ, नेपाल (एफोन) का अध्यक्ष जोगराज गिरीले जानकारी गराउनुभयो । नागरिकले आफ्नो आर्थिक अवस्था सुधार गर्न निजी पारिवारिक वनमा लागेपनि राज्यको नीतिका कारण समस्या बल्झिएको बताउनुभयो । किसानले परिवारको निजी जग्गामा रुख रोप्ने, हुर्काउने र त्यसबाट लाभ लिन खोजेपनि सहज रुपमा नभएको र आफ्नै खेतबारीको रुख बिरुवा काट्नपनि सरकारी संयन्त्रलाई गुहार्न परेको बताउनुभयो । नेपालमा पारिवारिक निजी वनमा आकर्षण बढेकोले यस तर्फ सबैले सोच्न आवश्यक रहेको बताउनुभयो । 

विश्वका करिब ८४ देशमा निजी वन संस्थागत रुपमा विकास भईरहेको अवस्थामा नेपालका पारिवारिक निजी वनमा लागेको सदस्यको समस्यका सम्बन्धमा अध्यक्ष जोगराज गिरी यसो भन्नुहुन्छ । 

निजी वन विस्तारले वातावरणीय रूपमा सकारात्मक प्रभावसँगै किसानले आर्थिक रूपमा पनि फाईदा लिईरहेका छन् । नागरिकको दैनिक जीवनसगँ जोडिएको वनको अत्यावश्यक वस्तु भएपनि सहज रुपमा उत्पादन, संरक्षण र व्यवस्थापन हुन सकेको छैन  । 

वन जंगलबाट प्राप्त स्रोतको माग भएपनि नेपालmे अझै काठ आयातित गर्न परिरहेको छ । निजी वनका नीतिगत, प्राविधिक र संस्थागत चुनौती थपिएका छन् । पारिवारिक निजी वनमा देखिएका समस्या निराकरण गर्न संघीय वन तथा वातावरण मन्त्रालयको प्राथमिकताका सम्बन्धमा मन्त्रालयका सह सचिव तथा प्रवक्ता प्रकाश लम्साल यसो भन्नुहुन्छ । 

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयबाट डा. नेत्र तिम्सिनाको संयोजकत्वमा गठित समितिले निजी वनबाट उत्पादित वन पैदावार कृषि उपज सरह बिक्री वितरण गर्न पाउने व्यवस्था गर्न, निजी वनलाई वन उद्यममा जाने वातावरण सिर्जना गर्न दिईएको लगायतका सुझाव अझै कार्यन्वयन हुन सकेको छैन । नागरिककोे जीविकोपार्जन र गरिबी न्यूनीकरणमा निजी पारिवारिक वनको योगदान रहेको क्षेत्रका वित्रले जानकारी गराएका छन् ।  निजी वनमा संलग्न किसानमा सुशासन, शसक्तीकरण, आत्मबल, आत्मनिर्भरता अभिवृद्धि, हरित रोजगार सृजनाका विषयमा छलफल बढेको छ । 

पारिवारिक निजी वनको विस्तार वा यसमा किसानलाई आकर्षण गराउने बाग्मती प्रदेशले गरिरहेको कामका सन्दर्भमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु ढुगांना यसो भन्नुहुन्छ । 

पारिवारिक निजी वनबाट प्रत्यक्ष लाभमा वृद्धि गर्दै प्रत्येक किसानको आर्थिक संवृद्धिको अपेक्षा गर्न कानुनको व्याख्या नगरि यथार्थपरक विश्लेषण गर्न सरोकारवालाले माग गरेका छन् । 


 

Give Us Feedback