img2
 खानेपानी र सरसफाइ : मौलिक अधिकार सुनिश्चित गर्दै स्थानीय सरकार 

खानेपानी र सरसफाइ नागरिकको मौलिक अधिकारको रुपमा रहेपनि सबैको पहुँचमा गुणस्तरिय सेवा पुग्न सकेको छैन । शहरी गरिब तथा न्युन आय भएका नागरिकका निम्ति पिउने पानी, सरसफाइ, शौचालय तथा दिसाजन्य लेदो व्यवस्थापनमा कम प्राथमिकतामा परेको सन्दर्भमा ललितपुर महानगरपालिका, गैरसरकारी संस्थठा महासंघ नेपाल र विकास साझेदारी संस्था वाटर एडको संयुक्त पहलमा छलफल कार्यक्रम आयोजना भएको छ । 

कार्यक्रममा वाटर एडका प्रतिनिधिले सरसफाइ अधिकार र राज्यको दायित्व,दिगो विकासको लक्ष्य ६.२ को स्थानीयकरण, विषयमा छलफल गरिएको थियो । यससगै खानेपानी तथा सरसफाइका लागि वित्तिय लगानीको अन्तरका विषय जानकारी गराईएको हो । 

ललितपुर महानगरपालिकाबाट कार्यपत्र प्रस्तुत गर्दै महानगरका शहरी वातावरण विज्ञ ईन्जिनियर  प्रदिप अमात्यले महानगरको तर्फबाट मानवजन्य मलमुत्र व्यवस्थापनमा भईरहेका प्रयास तथा चुनौतीबारे छलफल गर्नु भएको छ । उहाँले नीति तथा कार्यक्रम सगँसगै नागरिक तथा सरोकारवालाको सक्रिय सहभागिता आवाश्यक रहेको र ललितपुरको जनघनत्वका बाबजुत भईरहेका प्रयास र भावी रयानीतिबारे जानकारी गराउनुभयो ।  

कार्यक्रममा बोल्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले शहरी क्षेत्रमा सरसफाइ शौचालय तथा स्वच्छ पानीको उपलब्धता सहज नभएको स्मरण गर्दै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले मानवजन्य मलमुत्र व्यवस्थापनमा कामहरु भईरहेको र ठूलो मात्रामा गर्न अध्ययन गरिरहेको जानकारी गराउनुभयो । यस प्राविधिक विषयमा सरकार, साझेदारी निकाय तथा सरोकारवालाले संयुक्त रुपमा गृहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै वाटर एडका राष्टिय निर्देशक तृप्ती राईले सरसफाइ र खानेपानी नागरिकको स्वास्थ्यसगँ प्रत्यक्ष गासिएकोले यसमा आवश्यक प्राविधिक ज्ञान, सिप तथा सहयोग गर्दै स्थानीय सरकारलाई सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले उपत्यका लयागत अन्य शहर केन्द्र्रित मानव वस्तीमा शौचालयपश्चात यसमा जोड दिन आवश्यक रहेको बताउनुभयो । 

सो छलफल कार्यक्रममा सरसफाइ क्षेत्रमा कार्यरत संस्थ वेप्कोका विष्णु थकाली, गैरसरकारी संघका प्रतिनि िलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । 


 

Give Us Feedback