img2
काठमाडौ उपत्यकामा चिसो बढेसँगै वायु प्रदूषणको दरमा वृद्धि

काठमाडौ उपत्यकामा पछिल्लो हप्ता बढेको चिसोका कारण वायु प्रदूषणमा असर पुगेको छ । चिसोका कारण मानिसले आगो बाल्ने, कृषिजन्य सामाग्री पोल्ने तथा लामो समयसम्म पानी नपरेका कारण प्रदूषणका कण वायुमण्डलमा थेग्रिएर रहेको हो । 

वन तथा वातावरण मन्त्रालयका मन्त्री प्रेम  बहादुर आलेले पछिल्लो समय बढेको वायु प्रदूषणलाई सरकारले गम्भिर रुपमा लिएको र तत्कालिन अवस्थामा के गर्ने भन्ने बारे मन्त्रालयमा छलफल भएको बताउनुभयो । सरकारले निर्माण गरेको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को बारेमा प्रश्न गर्दा मन्त्री आलेले छिट्टै कार्यन्वयनमा लैजाने बताउनुभएको छ । 

 Air Quality Index ( AQI) का अनुसार मंगलबार दिउसो पिएम २.५ को आकंडा ३०० भन्दा माथि पुगेकोमा बुधबार बिहान समेत १९२ अर्थात अस्वस्थमा रहेको छ ।

वातावरणविद् सनोत अधिकारीका अनुसार लामो समयसम्म पानी नपरेको र चिसो बढेका कारण प्रदूषणका कण वायुमण्डल तल्लो तहमा रहेको बताउनुहुन्छ । हावा कम चल्नु तथा सवारी साधनको धुवाका कारण प्रदूषणको मात्रा थपिएको हो । 

उहाँले मंगलबार वातावरण विभागले जारी गरेको विज्ञप्ती स्मरण गराउदै वालवालिका तथा जेष्ड नागरिकलाई आकस्मिक काम बाहेक घरबाट ननिस्कन आग्रह गर्नुभएको छ । 

बुधबारबाट मौसममा सुधार आउदा प्रदूषणमा कमि आउने बताईएको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै श्वासप्रश्वासमा समस्या सृजना गर्ने, फोक्सो तथा मुटुमा असर पर्ने बताईएको छ । 

सरकारले वायु प्रदूषण बढेको बेलामा मात्र नभई काठमाडौ उपत्यका तथा शहरी क्षेत्र केन्द्रित ठोस योजना ल्याई कार्यान्वयन  गर्न विज्ञले सुझाएका छन् । 

Give Us Feedback