img2
सफाइ अभियन्ता विष्णु प्रसाद आचार्य सम्मानित 

झापाको बिर्तामोडमा आधार बनाएर  सफाइमा सक्रिय अभियन्ता विष्णु प्रसाद आचार्य सम्मानित हुनु भएको छ । युवाको नेतृत्व गर्दै बिर्तामोड क्षेत्रको सरसफाइ, फोहोरमैला व्यवस्थापन तथा स्थानीय सरकारसगँ सहकार्य गर्दै फोहोर व्यवस्थापनमा गरेको योगदान र सकारात्मक परिवर्तनको सम्मानार्थ बिर्तामोड उद्योग वाणिज्य  संघले एक कार्यक्रमकाविच आचार्यलाई सम्मान गरेको हो । 

अभियन्ता आचार्यलाई कार्यक्रममा नगद ११ हजार सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको आयोजकले बताएका छन् । 

उहाँले सामाजिक कामसगैँ मेची महाकाली सफाइ अभियान लगायत अन्य सार्वजनिक स्थलका ठोस फोहोर व्यवस्थापनमा, स्वास्थ्यजन्य फोहोर न्यूनीकरण, नागरिक सचेतना अभियानमा सक्रिय रुपमा संलग्न भई बिर्तामोड क्षेत्रलाई आफ्नो आधार बनाउनुभएको छ । 

सम्मान प्राप्त पश्चात ईकोसमाचारसगँ कुरा गर्दै उहाँले यो सम्मानले पात्र भन्दापनि सामाजिक कामको महत्वलाई उचाई दिएको र थप जिम्मेवारीका साथ सबै सफाइ अभियानलाई सार्थक तुल्याउने उर्जा उपलब्ध गराएको बताउनुभयो । 

सफाइमा लाग्ने प्रेरणा तथा नेपालको पूर्वी क्षेत्रको सफाइ अभियानमा युवाको सहभागिताका सम्बँधमा उहाँको विचार । 

 

Give Us Feedback