img2
नेपाल वातावरण समाज: सरकारलाई वायु प्रदूषण नियन्त्रण गर्न अनुरोध र सुझाव

नेपाल वातावरण समाजको बागमती प्रदेश समन्वय समितिले वायु प्रदूषण र तुँवालो सम्बन्धी नेपाल सरकारसगँ अनुराध पत्र जारी गरेको छ । विगत केही दिन देखि काठमाडौं लगायत नेपालको अधिकांश स्थानमा वन आगलागि, सवारी साधन, उद्योग कारखाना आदिबाट निस्किने धुलो र धुवाँ मिश्रित तुवाँलोले गर्दा अहिले सबै नागरिकलाई समस्या भएको छ ।

विश्व स्वास्थ्य संगठनले मापदण्ड भन्दा करिब १० गुणा सम्म बढि वायु प्रदूषण देखिएको छ  । यस वर्ष नेपालमा प्रि-मनसुनमा नि आजको दिनसम्म ज्यादै न्यून वर्षा भएको हुनाले वायुमण्डल सुख्‍खा रहेको छ । वायुमण्डलमा प्रशस्त हावा नचल्नु र पानी नपर्नुको कारणले वायु प्रदूषण बढेको हो । 

नेपालको संविधानको धारा ३० को उपधारा १ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक प्रदान गरेको र वायु प्रदूषणको कारणले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भइ स्थिति अनियन्त्रित पनि हुन सक्ने हुन्छ । त्यसैले नेपाल वातावरण समाजले तत्काल वायु प्रदूषण नियन्त्रण र यसको असर न्युनिकरण गर्न निम्न तत्कालिन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । 

नेपाल वातावरण समाजले प्रदूषण नियन्त्रण गर्न तत्कालिन उपायहरु र दिर्घकालिन उपायहरु सुझाव गरेको छ ।

तत्कालिन उपायहरु:

१)    सम्बन्धित विज्ञहरुको आकस्मिक बैठक राखी प्राप्त सुझावहरु कार्यन्वयन गर्ने । 
२)    तीनै तहका सरकार संगको सहकार्यमा देशभरीका स्थानहरुलाई वायु प्रदूषणको जोखिमको आधारमा वर्गीकरण गर्ने ।  
३)    उच्च जोखिम रहेका स्थानहरुमा वातावरणीय संकटकाल घोषणा गर्ने । संकटकाल घोषणाको मापदण्ड तोकी आवश्यकता अनुसार उक्त अधिकार प्रदेश र स्थानीय तहलाई दिने । 
४)    वायु प्रदूषणको स्थितिमा उल्लेख्य सुधार नभए सम्म अत्यावश्यक कलकारखाना र कार्यालयहरु मात्र खोल्ने  ।
५)    अत्यावश्यक स्थितिमा मात्रै सवारी साधन संचालन वा जोर बिजोर प्रणाली लागु गर्ने  । 
६)    विपद व्यवस्थापन विभागले प्रदेश, जिल्ला र स्थानीय तह मातहतका संजालहरुलाई बन आगलागी नियन्त्रणमा परिचालन गर्ने  । 
७)    खुल्ला रुपमा फोहोर जलाउन निरुत्साहित गर्ने  । 
८)    संचार माध्यमबाट वायु प्रदूषणको असरको बारेमा जनचेतना फैलाउने  । 
९)    अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्कनै परे मास्क लगाएर मात्र निस्कन अनुरोध गर्ने  । 

दिर्घकालिन उपाय:
१)    नेपालको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाई लागु गर्ने । 
२)    “काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६” लागु गर्ने  । 
३)    स्थानीय निकायहरुले वातावरण व्यवस्थापन योजना निर्माण गरि लागु गर्ने  । 
४)    स्थानीय तहहरुले तोकिएको प्रक्रिया पुरा गरि वातावरण सम्बन्धि आवश्यक जनशक्ति नियुक्त गरि विपद र वातावरण व्यवस्थापनका काम अघि बढाउने  । 
५)    प्रदूषण करको रुपमा उठेको रकम प्रदूषण नियन्त्रणको लागि प्रयोग गर्ने  । 
६)    वन आगलागीको असर र यसको नियन्त्रण सम्बन्धि जनचेतना जगाउने  । 

 


 

Give Us Feedback