img2
आयात हुने कफि, कोको र अन्य उत्पादनहरू ट्रपिकल रेनफरेस्टको लागि बढ्दो खतरा

एक नयाँ अध्ययनको अनुसार धनी देशहरूमा बढ्दो आयात हुने कफि, कोको र अन्य उत्पादनहरू ट्रपिकल क्षेत्रहरूमा पाउने वनहरूको लागि बढ्दो खतरा बनेको छ । अनुसन्धानले बेलायत र अन्य धनी राष्ट्रहरूमा प्रति व्यक्ति प्रति वर्ष लगभग ४ वटा रूखको क्षतिको लागि जिम्मेवार रहेको बताएको छ । 

लेखकहरूका अनुसार विकसित संसारमा बढ्दो संख्यामा रूखहरू रोपिएका छन् तर वन कटानमा जोडिएको उत्पादनको आयातले यी प्रयासहरूलाई कमजोर बनाउँछ । अनुसन्धानकर्ताले यो बढ्दो अन्तर्राष्ट्रिय व्यापारले जलवायु र जैवविविधताको लागि राम्रो भन्दा बढी नोक्सान पुर्‍याइरहेको बताएका छन् । 

विश्वका जंगलमध्ये, ट्रपिकल क्षेत्रमा फल्ने रूखहरू सबैको रक्षा गर्न र विश्वव्यापी तापक्रम रोक्नको लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर मध्य अफ्रिका, इन्डोनेसिया र एसियाका केही अमेजनको भागहरूमा रूखहरू हालका दशकहरूमा काटिएको छ । किसानहरू सोयाबीन जस्ता वस्तुहरूको बाली लगाउने र गाईको मासुको लागि गाई चराइन्छ । 

सौजन्य: बीबीसी

Give Us Feedback