img2
प्लास्टिक प्रदूषण विरुद्ध लड्न: पोलिथिनबाट कपडा

प्लास्टिक प्रदूषण कम गर्नका लागि वैज्ञानिकहरूले पोलिथिनबाट कपडा बनाएका छन् । यस नयाँ आविष्कारले प्लास्टिक प्रदूषण कम गरी फेसन उद्योगलाई दिगो बनाउन सकिन्छ भन्ने आशा गरिएको छ । 

पोलिथिन एक सर्वव्यापी प्लास्टिक हो जुन प्लास्टिक ब्याग, फूड प्याकिंग जस्ता  सबै कुरामा प्रयोग हुन्छ । अमेरिकी अन्वेषकहरूका अनुसार यसबाट बनेको कपडाहरु खेल पोशाक तथा उच्च फेसनका कपाडा बनाउन र उपयोग गर्न सकिने छ । 

प्लास्टिक कपडा प्राकृतिक फाइबर भन्दा बढी वातावरण मैत्री रहेको र रिसायकल पनि गर्न सकिने अन्वेषकहरूले बताएका छन् । पोलिथिनका रेशाहरूलाई बुनेर बनाइएका कपडालाई लगाउन निकै सहज हुने वैज्ञानिकहरूको भनाइ छ । 

सौजन्य: Reuters

Give Us Feedback