
आलु खानुका फाइदा
धेरै मानिसको रोजाइमा पर्ने तरकारी आलु हो । सबै परिकारमा प्रयोग गर्न मिल्ने आलुलाई नरुचाउने कम नै छन् । तरकारीको राजा भनेर चिनिने आलुको धेरै फाइदाहरु छन् ।
आलु खाएमा पाचन प्रक्रियामा सुधार आउनुको साथै मुटुलाई स्वास्थ्य बनाउछ । आलुले कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न पनि मद्धत गर्छ ।
आलुमा धेरै महत्वपूर्ण पोषक तत्वहरु पाइने हुनाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ । त्यसैले आलुको सेवन गरेर स्वस्थ बनौं ।