img2
गाई पालन

नेपालमै गर्न सकिने भरपर्दो पेशा मध्य एक गाई पालन हो । गाईलाई दुध, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । गाई पालेर राम्रो आमदानी गर्न सकिन्छ ।

नेपालको राष्ट्रिय जनावर भनेर चिनिने गाईलाई हिन्दुहरूले लक्ष्मीको रूपमा मान्ने गर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । 

गाईलाई पालेर हामीले दुध बेचेर आमदानी गर्न सक्छौ र आफै त्यो दुधको सेवन नि गर्न सक्छौ । दुध हाम्रो दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । गाईको दुधमा प्रोटिन र क्याल्सियमको मुख्य स्रोत हुन्छ जसले हड्डी बलियो बनाउँछ । साथै यसमा भिटामिन बी १२ र आयोडिन निकै मात्रामा पाइन्छ । 

गाईको दुधमा म्याग्नेसियम पनि पाइने हुनाले यसको सेवनले हाडलाई बढाउने र मांसपेसीलाई सशक्त बनाउन भूमिका खेल्छ । हाडका लागि क्याल्सियम अति आवश्यक हुने हुनाले गाईको दुधको सेवन गर्नुपर्छ ।

Give Us Feedback