img2
प्रसिद्ध तीर्थस्थल: ढोरबराहि मन्दिर

ढोरबराहि मन्दिर तनहुँ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । हिन्दूहरूको महत्त्वपूर्ण धार्मिक स्थल ढोरबराहि मन्दिरमा वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ ।

मनोरम जंगलको बिचमा रहेको यस मन्दिरको छेउमा पोखरी छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । यस मन्दिरमा अचम्मको एक प्राकृति लहरी छुट्ने प्रक्रिया रहेको छ । पहिले मन्दिरमा रहेको पोखरीमा पानीको बहाब सानो हुने र लहरी प्रकृया पश्चात् पानीको बहाब बढ्ने गर्दछ ।

पर्यटकमाझ लोकप्रिय रहेको यस मन्दिरमा धेरै मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्छ । त्यसैले यस मन्दिरमा घुम्न र दर्शन गर्न जाऔं । 

तस्बिर सौजन्य: Bhupendra Shrestha 

Give Us Feedback