img2
घटेको छैन प्रदूषण: काठमाडौं चौथोे दिनको लागि विश्वको सबैभन्दा प्रदूषित शहर 

आईक्यूएयरको तथ्याङ्क अनुसार काठमाडौं चौथोे दिनको लागि विश्वको सबैभन्दा प्रदूषित शहर बनेको छ । गत हप्ता भएको वर्षापछि काठमाडौं र देशको अन्य शहरमा वायु प्रदूषण घट्दै गएको थियो तर आईतबारबाट वायु प्रदूषण ह्वात्तै बढेको छ । 

आज काठमाडौंको एयर क्वालिटी इन्डेक्स २७५ पुगेको छ । त्यसैगरी नेपालगन्जमा १६१, सिद्धार्थनगरमा १६८ र पोखरामा एयर क्वालिटी इन्डेक्स १७९ पुगेको छ । यो स्तरको वायु प्रदूषण खतरनाक हुन्छ । 

देशका अधिकांश जिल्लाहरुका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुलो धुँवाले काठमाडौंको प्रदूषण बढाएको छ । विज्ञहरूले सुख्खा हिउँद र कमजोर पश्चिमी वायुले प्रदूषण बढेको बताएका छन् । 

सबैलाई सकेसम्म घरबाट ननिस्कन र निस्कनै परे माक्सको प्रयोग गरी अरु विशेष सावधानी अपनाउन हामी अनुराध गर्दछौ । 

Give Us Feedback