img2
वायु प्रदूषणको स्तर घट्दै

गत हप्ता भएको हल्का वर्षापछि काठमाडौंको वायु गुणस्तरमा सुधार आएको छ । आईक्यूएयरको तथ्याङ्क अनुसार आज काठमाडौंको एयर क्वालिटी इन्डेक्स १२७ पुगेको छ । त्यसैगरी बुटवलमा १९८, सिद्धार्थनगरमा १७२ र पोखरामा एयर क्वालिटी इन्डेक्स १२७ पुगेको छ । यो स्तरको वायु प्रदूषण संवेदनशील समूहहरूका लागि अस्वस्थ हुन्छ तर गत दिनहरुको भन्दा वायु प्रदूषणको स्तर घटेको छ ।

देशका अधिकांश जिल्लाहरुका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुलो धुँवाले काठमाडौंको प्रदूषण बढाएको छ । विज्ञहरूले सुख्खा हिउँद र कमजोर पश्चिमी वायुले प्रदूषण बढेको बताएका छन् । 

पर्याप्त वर्षापछि मात्रै वायु गुणस्तरमा राम्रो सुधार आउने बताइएको छ । त्यसैले अझै सावधानी अपनाउन हामी अनुराध गर्दछौ । 

Give Us Feedback