img2
भर्चुअल ग्रिन छलफल कार्यक्रम

जलवायु परिवर्तनका लागि नेपाली युवाले (NYCA) आयोजित भर्चुअल ग्रिन छलफल श्रृंखला अन्तर्गतको छैठौं कार्यक्रम भोली ३ बजे हुदैँ छ । यस छलफल कार्यक्रमको शीर्षक 'एयर पोल्यूशन अलार्म: टाइम टी एक्ट नाउ' रहेको छ भने स्रोत व्यक्तिको रुपमा डा. नगमिन्द्र दाहाल रहेका छन् । उहाँ दक्षिण एसियाली उन्नत अध्ययन संस्थानको वरिष्ठ रिसर्चर र प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउण्डेशनका अध्यक्ष पनि हुनुहन्छ । 

आईक्यूएयरको तथ्याङ्क अनुसार काठमाडौं तेस्रो दिनको लागि विश्वको सबैभन्दा प्रदूषित शहर बनेको छ । देशका अधिकांश जिल्लाहरुका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुलो धुँवाले काठमाडौंको प्रदूषण बढाएको छ । विज्ञहरूले सुख्खा हिउँद र कमजोर पश्चिमी वायुले प्रदूषण बढेको बताएका छन् ।

यस कार्यक्रमका स्रोत व्यक्तिले यहि मुद्दाको बारेमा ज्ञान दिनु हुनेछ । यो कार्यक्रम भर्चुअल्ली जुम मार्फत हुनेछ । 

Give Us Feedback