img2
मलेसियाले २६७ कन्टेनर अवैध प्लास्टिक फोहोर फर्कायो

मलेसियाले २६७ अवैध प्लास्टिक फोहोरको कन्टेनर जुन देशबाट आएको त्यहि देशहरूमा फिर्ता पठाएको छ र ८१ वटा फिर्ता गर्ने प्रक्रियामा रहेको छ । २०१९ देखि नै मलेसियाले अवैध प्लास्टिक फोहोर फिर्ता गर्न थालेको थियो । 

२०१८ मा चीनले प्लास्टिक फोहोर आयात प्रतिबन्धित गरेपछि मलेसिया विश्वको प्लास्टिक फोहोरका लागि रोजाईको गन्तव्य बनेको थियो तर अहिले बिना लाइसेन्स गैर पुन: प्रयोग योग्य फोहोरलाई रोक्न संघर्ष गरिरहेको छ ।

बासल कन्भेन्सन अन्तर्गत खतरनाक फोहोरको व्यापार सम्बन्धी संयुक्त राष्ट्रले नयाँ नियम जनवरी १ मा लागू भएको थियो । यस नियमले सजिलै सगँ रीसायकल गर्न नसकिने प्लास्टिकको उत्पादनलाई घटाउन मद्दत गर्ने र धनी देशहरूको विकासोन्मुख राष्ट्रमा फोहोर फाल्ने बानीलाई रोक लगाउने थियो । 

सौजन्य: Reuters

Give Us Feedback