img2
भू तथा जलाधार व्यवस्थापन कार्यालयद्धारा रिचार्ज पोखरी निर्माण

आधिखोला गा.पा. १ स्याङ्जामा हालै जल रिचार्ज पोखरीको निर्माण सम्पन्न भएको छ । 

यस पोखरीले गाउँमा रहेको पानीको मुल रिचार्ज हुने, गाईवस्तु र वन्यजन्तु तथा चराचुरुङ्गी समेतलाई पिउने पानीको सुविधा दिनेछ । यस जल पुनर्भरण पोखरीको निर्माणको लागि कार्यालयबाट रु. १,८१,५२७ र उपभोक्ता जनश्रमदान रु. ६६,१७० गरी जम्मा रु. २,४७,६९७ खर्च भएको छ । 

यस पोखरीको प्राविधिक डिजाइन भूसंरक्षण अधिकृत प्रकाश गिरीले गर्नुभएको हो । स्थानीय उपभोक्ता समिती र समुदायले पनि यस नमूना पोखरीको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । 

सौजन्य: दिवाकर पौडेल

Give Us Feedback