img2
भूकम्पले भत्कायो घर

लमजुङको भुलभुलेमा गएको बिहानको भूकम्पको कारण घरहरुमा क्षति भएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।  

फेरि बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसूस भएको थियो ।

लमजुङमा अहिलेसम्म ६ जना घाइते भएका छन् र ३० घरमा आंशिक क्षति पुगेको छ । क्षतिको तथ्याङ्क संकलन प्रक्रिया भइरहेको हुदाँ संख्या बढ्ने सम्भावना छ ।  

तस्बिर सौजन्य: रासस

Give Us Feedback