img2
विशाल वर्षाको कारण आएको बाढीले चीनमा १२ जनाको मृत्यु

मध्य चीनमा विशाल वर्षाको कारण आएको बाढीले गर्दा १२ जनाको मृत्यु भएको छ । बाढीको कारण १,००,००० भन्दा बढी मानिसहरूले घर खाली गरेर सुरक्षित ठाउँमा जानु परेको छ ।   

हेनान प्रान्तीय राजधानी झेंग्झौ लगायत दर्जनौं शहरहरू प्रभावित भएका छन् । अनलाइन फुटेजमा मानिसहरू सडक र रेल स्टेशनहरूमा पानीको कारण संघर्ष गर्दै गरेको देखिएको थियो । 

राष्ट्रपति सि जिनपिङले बाढी रोकथाम अवस्था एकदम गम्भीर रहेको र एक महत्वपूर्ण चरणमा रहेको बताएका छन् । बाढीले पहिले नै धेरै क्षति पुर्‍याएको उहाँले बताउनुभयो । 

सौजन्य: बीबीसी

Give Us Feedback