img2
जावलाखेलको साइकल लेनलाई पुनः पेन्ट

जावलाखेलमा रहेको साइकल लेनलाई पुनः पेन्ट गरिएको छ । केही महिना अघि, नयाँ ओभरकोट पिच गरिएको हुनाले जावलाखेल र कुपन्डोल खण्डमा रहेको साइकल लेन चिह्नहरू मेटिएको थियो । 

ललितपुर महानगरले नेपाल साइकल सोसाइटीको निरन्तर अनुगमन र अनुरोधले साइकल लेनलाई पुनःपेन्ट गर्ने निर्णय गरेको थियो ।

यी कामहरू नेपाल साइकल सोसाइटीका विशेषज्ञहरूको रेखदेखमा गरिएको छ । ललितपुरलाई साइकलमैत्री शहर बनाउन गरिएको कडा प्रतिबद्धताको लागि नेपाल साइकल सोसाइटीले ललितपुर महानगरलाई धन्यवाद दिएको छ ।

तस्बिर सौजन्य: नेपाल साइकल सोसाइटी

Give Us Feedback