img2
देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा हुदैँ

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ् सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको  सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Give Us Feedback